कास्की । नेपाली काँग्रेस कास्कीले आगामी मंसिर १४ गते हुने कास्की- २ को उपनिर्बाचनमा नेपाली काँग्रेसलाई जिताउन चुनाबी प्रचारप्रसार अभियानलाई तीब्र पारेको छ । चुनाब प्रचारप्रसार अभियानलाई प्रभाबकारी र ब्यबस्थित बनाउन पोखरा – ९ मा चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन गरिएको छ । कार्यलयको नेपाली काँग्रेसका नेता बिरेन्द्र बिजुक्छेले उद्घाटन गरेका थिए। पोखरा- ९ वडा ईकाई समिति सभापति उमा ठकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । पोखरा- ९ ले चुनाबप्रचारप्रसारका लागि बिभिन्न उपसमिति बनाएको छ । जस अन्र्तगत बुथ संयोजकमा राजेन्द्र पहारी,अर्थ संकलन उपसमिति संयोजकमा भीम गौतम,प्रचारप्रसार समितिको संयोजकमा भावना श्रेष्ठलाई चयन गरिएको काँग्रेस पोखरा- ९ का सभापति उमा ठकुरीले पोखरा पोष्टलाई जानकारी दिइन् । नेपाली काङ्ग्रेसले कास्की -२ को उपनिर्बाचनमा खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.