यस्ता छन् कास्की काँग्रेसका दोस्रो चरणका कार्यक्रमहरु

0
1227

कास्की । नेपाली कांग्रेस कास्कीको चुनाव परिचालन अन्तर्गत पहिलो चरणको कार्यक्रम बुधबार सकिंदैछ । पहिलो चरणमा पार्टी र पार्टीसंग सम्बन्धित संगठनको चुनाव परिचालन कमिटी गठन र विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणको कार्यक्रम ४ दिनको थियो ।
कांग्रेसले दोस्रो चरणको नयाँ कार्यतालिका समेत सार्वजनिक गरेको छ । बिहीबारबट शुरु हुने दोस्रो चरण ७ दिनको हुने कास्की २ का क्षेत्रीय सभापति एवं निर्वाचन परिचालन समितिका सहसंयोजक माधवप्रसाद बाँस्तोला मधुले जानकारी दिए ।
उनका अनुसार कात्तिक २८ गते बिहीबार पोखरा–२०, भलामस्थित चण्डीपाटन तल्लोचौर, आँटीघर र २९ गते शुक्रबार मौजा लामाडाँडा र लामखेतमा घरदैलो अभियान सञ्चालन हुनेछ ।
घरदैलोमा उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर डा. मिनेन्द्र रिजाल, कास्की कांग्रेसका सभापति कृष्ण केसी लगायत पनि सहभागी हुनेछन् । कात्ति २९ गते शुक्रबार नै पत्रकार सम्मेलनमार्फत कांग्रेसको रणनीतिबारे जानकारी गराइने भएको छ । पत्रकार सम्मेलन पर्यटन बोर्डको सभाहलमा हुने बताइन्छ ।
यसैगरी कात्तिक ३० गते शनिबार पोखरा–११, मंसिर १ गते आइतबार र २ गते सोमबार पोखरा–३३, मंसिर ३ गते मंगलबार पोखरा–९ र पोखरा–१७, मंसिर ४ गते बुधबार र ५ गते बिहीबार पोखरा–१६ मा घरदैलो अभियान सञ्चालन गरिने बाँस्तोलाले जानकारी दिए ।
पहिलो चरणको कार्यक्रम घरदैलो र मतदाता भेटघाटलाई अन्तिम चरणमा पुर्याएको कास्की कांग्रेसका सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणको घरदैलो र मतदाता भेटघाट कार्यक्रम बुधबार सकिने र दोस्रो चरणको कार्यक्रमलाई पनि सशक्त ढंगले अघि बढाउन संयोजक केसीले जानकारी दिए । उनका अनुसार पोखराका ११ वटै वडामा र वडा भित्रका पनि सबै कलष्टरमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम तीव्र भइरहेको छ ।