दीपेन्द्र बस्नेत
पुनर्वास ।
नेकपा सरकार दिनप्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै गएको उप निर्वाचनमा पार्टीका उम्मेदवारका पक्षमा जनमत निर्माण गर्न शनिबार कञ्चनपुरको पुनर्वास पुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
शनिवार पार्टीका कार्यकर्ता भेटघाटका क्रममा कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास पुगेका काँग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री देउवाले भने” ओलि नेतृत्वको नेकपा सरकारका काम र व्यवहार देखेर जनता आजित भइ सकेका छन् अब जनताले कम्युनिस्टको बिकल्प खोज्दै गरेकाले पार्टीका उम्मेदवारलाई जिताउन एक ढिक्का भएर अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
पुर्व प्रधानमन्त्री तथा काँग्रेस सभापती देउवाले भने ” नेकपाबाट जन निर्वाचित जनप्रतिनिधिहरु आचारसंहिता उलंघन गर्दै स्वैच्छाचारी ढंगले हिडिरहेका छन् । खोक्रा राष्ट्रवादका गफ बाहेक सरकारले केही दिन नसकेको सभापति देउवाले बताए । उनले भने ” बिकास निर्माणका कार्य र योजनाहरुमा चरम भ्रष्टाचारमा डुबिरहेका छन यस्तो बेला जनताले काँग्रेसको साथ खोजी रहेका छन् । ”
सभापति देउवाले भने ” जिल्लाको दक्षिणी क्षेत्रको बिकास निर्माणको थालनी नेपाली काँग्रेसले नै सुरु गरेको हो र अबको बिकास काँग्रेसले नै गर्ने छ ।
शनिबार काँग्रेस सभापती देउवाले जिल्लाको दक्षिणी भागमा रहेको निर्वाचन क्षेत्र नम्बर १ का बेल्डाँडी , बेलौरी र पुनर्वासमा पार्टी कार्यकर्ता भेटघाट तथा सम्बोधन र निर्देशन दिएका थिए ।
सभापति देउवाले भने “नेकपा सरकारको जन भावना बिपरितका कामका बिरुद्ध अब काँग्रेसका कार्यकर्ता सशक्त भएर लाग्नुस । सरकार दिनप्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै गएको छ ।