खेमराज पौडेलले जित्नु राजनीतिक परिपाटी सुध्रिनु हो : विद्यार्थी नेता बिनय पौडेल

0
1826

पोखरा । अहिलेको उपनिर्बाचन एउटा परिक्षा हो । ताकी यो सरकारलाइ सचेत बनाउन र सन्देश दिन एकदमै महत्त्वपूर्ण भुमिका रहेको हुन्छ । तपाईले दिएको मतले दुई तिहाईको सरकारले मच्चाउँदै आएको आतंक, भ्रष्टाचार र वेथितीलाई खबरदारी गर्ने काम गर्नेछ। आन्दोलन , धर्ना जस्ता कार्यक्रमले मात्र बिरोध हुदैन । यो उपनिर्बाचनमा सम्पुर्ण जनतालाई के आग्रह गर्दछु भन्दा आफ्नो मत बाट यो अधिनायकवाद सरकारको बिरोध गर्दै रुख चिन्हमा मतदान गर्नु होला । यो चुनाव अन्तर्राष्ट्रिय तथा राष्ट्रकै चिन्ता र चासो को विशेषमा पर्दछ । चाहे नेकपा , साझा पाटी , समाजवादी पाटी अथवा अन्य कुनै दलको किन नहोस यो चोटि रुख चिन्हमा मतदान गरि यो दुई तिहाइ सरकारको दम्भको प्रतिबाध गर्न जरुरी छ ।कम्युनिस्टहरु कम्युनिस्ट मात्र बनाउदै गएका छन ।हामी नेपाली काङ्ग्रेस देश बनाउने अभियानमा सधै तत्पर छौ । जनताको अधिकारको पछमा सधै अडिक छौ । अब भोट हालेर सरकारको बिरोध गर्न सकिन्छ । बर्तमान अवस्थामा देशमा धेरै घटनाहरु घट्दौ आएका छ । छिमेकी मुलुकबाट हाम्रो रास्ट्रको जग्गा दिनडाडै मिचेका छ । तर यो नालायक सरकारले एउटा सानो पहल पनि गरेको छैन ।
जता हेरे पनि कान्डै कान्ड मच्चिएको छ ।

त्यसैले खेमराज पौडेलले जित्नु राजनीतिक परिपाटी सुध्रिनु पनि हो ।अबको बिजय भनेको इमानदारिता को बिजय हो। अहिलेको अवस्थामा हेर्दा खेरी राजनीति फोहोरी खेल भनेर सम्पूर्ण जनताले भनी राखेका छन । नेताहरुलाइ सधैं गाली गरिराखेका छन् ।अझै भन्ने हो भने खेमराज गुरुको जोस र जागरले गर्दा हामी युवा तथा विद्यार्थी साथीहरुमा धेरै प्रेरणा मिलेको छ । यो चुनाबबाट खेमराज गुरुको जित भनेको असल , सच्चा र इमानदारी राजनीतिको जित हो ।यो उपनिर्बाचनमा भोटबाट अधिनायकवाद सरकारको बिरोध गरौ , रुख चिन्ह नै रोजौ ।
बिनय पौडेल , विद्यार्थी नेता ( नेपाल विद्यार्थी संघ )