सागको पूर्वसन्ध्यामा सहाराको सरसफाई

0
833

पोखरा ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पूर्वसन्ध्यामा सहारा क्लब पोखराले सरसफाइ कार्यक्रम गरेको छ । क्लबले शनिबार बिहान पृथ्वीचोकदेखि चाइनापुल क्षेत्रसम्म सरसफाइ गरेको हो ।
सरसफाई कार्यक्रम अभियानको सुरुआत राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले गरेका हुन् । उनले भने, ‘पोखरालाईै सागमय बनाउन पनि रंगशाला वरिपरि सरसफाइ सुरुआत गरेका हौं ।’
गुरुङले क्लबले सामाजिक र खेलकुद क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए । ‘साग अवधिभर आ–आफ्नो टोल क्षेत्रमा सरसफाई गरी विदेशी पाहुना तथा खेलाडीलाई स्वागत गरौं,’ उनले भने । मंसिर १५ देखि सुरु हुने साग अन्तर्गत पोखरामा ८ खेल हुनेछन् ।
बिहीबार नै पृथ्वीचोकदेखि रंगशाला प्रवेशद्वारसम्म नेपालको भन्डा फहराइएको छ । २८ वटा नेपालको झन्डा विभिन्न बिजुली पोलमा राखिएको हो ।सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाको नेतृत्वमा भएको सरसफाई अभियानमा पूर्व अध्यक्ष विक्रम थकाली लगायको उपस्थिति थियो ।