नेकपाका नेता माधव नेपालको कार्यक्रम कांग्रेसबाट बहिष्कार

0
638

काठमाण्डौ । कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापा सहभागी एक औपचारिक कार्यक्रम नेपाली कांग्रेसका नेताहरुले बहिष्कार गरेका छन् । पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधव नेपाल समेत सहभागी भएको अन्र्तक्रिया कार्यक्रम नेपाली कांग्रेसले बहिष्कार गरेको बताइएको छ । । नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सदस्य तथा क्षेत्र नम्वर दुई का संगठन विभाग प्रमुख ओम बहादुर कार्कीले मेयर थापाको औपचारिक कार्यक्रम बहिष्कार गर्ने कागेश्वर मनहरा नगर संघर्ष समितिको निर्णयलाई स्वीकार गर्दै थापा सहभागी कार्यक्रम बहिष्कार गरिएको दावी गरे । कागेश्वरी मनहरा नगरपालिका आन्दोलनमा भएका कारण मेयर थापाको अवैधानिक गतिविधिको विरुद्धमा ऐक्यबद्धता जनाउन यसो गरिएको कार्कीले जानकारी दिए । विगत केही साता देखी कागेश्वरी मनहरा नगरपालिकामा भएका भनिएका चरम अनियमितता र ब्यथिति विरुद्ध नेपाली कांग्रेसले अभियान शुरु गरेको छ । पहिलो चरणमा मेयरलाई ज्ञापनपत्र दिने र अन्य खाले विरोध कार्यक्रम आयोजना गरेको कांग्रेसले दोस्रो चरणमा वडै पिच्छे सार्वजनिक सुनुवाई र कोण सभा आयोजना गरेको थियो । गत साता मात्रै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्मा सहितको उपस्थितिमा नगरपालिका अगाडी नै कांग्रेसले विरोध सभा आयोजना गरेको थियो । सोही विरोध सभामै घोषणा गरिए अनुरुप कांग्रेसले मेयर सहभागी हुने सवै खाले औपचारिक कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको थियो । काठमाण्डौ क्षेत्र नम्वर दुई का सांसद समेत रहेका माधव कुमार नेपाल सहितको टोली जोरपाटी – साँखु सडकको निर्माणका लागी भनेर अन्र्तक्रिया कार्यक्रममा सहभागी हुन शंखरापुर नगरपालिका पुगेका थिए । उनीसँगै मेयर थापा पनि सो कार्यक्रममा सहभागी भएपछि कांग्रेसले विरोध जनाउदै कार्यक्रम स्थल छाडेर हिडेको बताइएको छ । कागेश्वरी मनहरा नगरपालिकाका मेयरले प्रमुख प्रतिपक्षीलाई पेलेर अगाडी बढ्न खोजेका कारण कांग्रेस बाध्य भएर आन्दोलनमा जानु परेको संघर्ष समितिका संयोजक शंकर थापाले जानकारी दिए । कांग्रेसले अगाडी सारेका विषयमा मेयर थापा गम्भिर नभए आगामी दिनमा आन्दोलन थप कडा हुने चेतावनी पनि थापाले दिएका छन् ।