महोत्सबमा कृषिसँग सम्बन्धित उत्पादनलाई प्राथमिकता दिन्छौं : उपाध्यक्ष राजेन्द्र ओझा

0
1113

कास्की । लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले १६ औं संस्करणको लेखनाथ महोत्सवले स्थानीय उत्पादन प्रबद्र्धन गर्न महत्वपूर्ण योगदान दिने बताएका छन् । पोखरा पोष्ट संग कुराकानी गर्दे उनले महोत्सवले विशेष गरेर कृषिसँग सम्बन्धित उत्पादनलाई प्राथमिकता दिने बताए। स्थानीय ठाउँमा उत्पादन भएका बस्तुहरु बिक्री नहुने, बजारको अभाव, पोखरासम्म पु¥याउनुपर्ने लगायतका समस्या भएकाले त्यसको समाधानका लागि उत्पादक र उपभोक्तालाई जोडेर यसको खरिद बिक्री सहज बनाउने काम गरेका छौं ओझाले भने।
बिगतमा उत्पादन नै कम हुन्थ्यो । बजार नभएकैले उत्पादनमा कमी हुन्थ्यो वा भनौं चासो दिइंदैनथ्यो । उत्पादन गर्नुमात्रै ठूलो कुरा होइन । त्यसको व्यवस्थित बजारीकरण ठूलो कुरा हो । त्यसका लागि मार्केटिङ प्रमुख कुरा हो । त्यसका लागि लेखनाथ उद्योग वाणिज्य संघले शुरुमा कृषि उत्पादनलाई बढावा दियौं, त्यसपछि घरेलु उत्पादनलाई हामीले जोड दियौं ।
अहिले पनि हामीले लेखनाथ महोत्सवको माध्यमबाट उत्पादित बस्तुको बजारीकरण गर्न नै बढी फोकस गरिरहेका छौं । महोत्सवमा ३ सय बढी स्टलहरु छन् । त्यसको आधा भन्दा बढी स्टलहरु स्थानीय कृषि र घरेलु उत्पादन नै भएको ओझा बताउछन्। अझ यहाँ स्थानीय उत्पादित बस्तुका लागि विशेष छुटमा स्टलहरु उपलब्ध गराएका छौं । यसले यहाँका मानिसले उत्पादन गरेका बस्तुहरु बजारसम्म पनि पुग्छन् । अनि स्थानीय उपभोक्ताहरुले पनि स्थानीय अर्गानिक उत्पादन सहज र सस्तो मूल्यमा उपभोग पनि गर्न पाउँछन् । हामीले उत्पादक र उपभोक्ताबीच जोड्ने काम गरेका छौं । यसले गर्दा बिचौलियाले खाने रकम खान नपाउँदा उपभोक्ताले पनि सस्तो मूल्यमा सामान पाउँछन् ।
साथै औद्योगिक वस्तुहरु, हस्तकलाका सामानहरु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका साथसाथै जातीय भेषभूषा, कला, संस्कृति र रीतिरिवाजको संरक्षणमा पनि लेखनाथ महोत्सवले प्रत्यक्ष योगदान पु¥याउँछ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि यस पटकको महोत्सवले अग्रणी भूमिका निर्वाह गर्नेछ । कविको सम्झनामा कविता प्रतियोगिता, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, आदिबासी, जनजाति, आमा महिलाहरुको झाँकी ¥याली तथा भेषभूषा, लाइभ कन्सर्ट लगायत धेरै कार्यक्रमलाई पनि लेखनाथ महोत्सवमा समावेश गरिएको उनले बताए ।१६ औ संस्करणको लेखनाथ महोत्सवमा ओझा सहसंयोजक एवं प्रायोजन व्यवस्थापन संयोजकको जिम्मेवारीमा रहेका छन् ।