समाजबादी पार्टी सरकारबाट बाहिरीएसँगै सरकारको दुइतिहाइ समर्थन गुम्ने

0
621

समाजबादी पार्टी सरकारबाट बाहिरीएसँगै सरकारको दुइतिहाइ समर्थन गुमेको छ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुइतिहाइ बहुमत पुर्याउन सरकारको पक्षमा १ सय ८३ जना हुनुपर्नेछ तर नेकपासँग १ सय ७४ जना सांसद छन। समाजबादी पार्टीका १७ जना सांसद छन् । पहिले १६ जना सांसद रहेको संघीय समाजबादी फोरम र डा बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछी समाजबादी पार्टीमा १७ सांसद पुगेका हुन। उसले सरकारलाई समर्थन गर्दा संसदमा सरकारलाइ समर्थन गर्ने सांसदको सँख्या १९१ जना थियोे।
समाजबादी पार्टीले संविधान संशोधन गर्ने लगायत दुई बुँदे सहमति गर्दै सरकारलाई समर्थन गरेको थियोे तर सोमबार मन्त्रीपरिषद बैठकमा आँफुले लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि सहमति तोडिएको भन्दै उत्त पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाडेका छन।