कास्की काँग्रेसले मनायो ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

0
916

सरिता तिम्सिना पगेनी
पोखरा ।४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली कांग्रेस कास्कीले प्रवचन कार्यक्रमको आयोजना गरी मनाएको छ ।
बुधबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले त्यो बेलाको राष्ट्रिय मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्र्दभीक भएको बताए । विपिले सधै जनताको मौलिक हक र मानबअधिकारको रक्षाका लागि संघर्ष गरेको स्मरण गर्दे नेपालीले भने यतिबेला सरकारले ल्याउन लागेका मानबअधिकारको हनन् हुने खालका ऐन हरुका बिरुद्ध सम्पुर्ण जनता जाग्नु पर्छ । राष्ट्रिय मुद्धामा सबै दलहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने उनको भनाई थियो।
वर्तमान सराकारले दुई तिहाइको दम्भमा मेलमिलाप र राष्ट्रिय एकता खल्बल्याउने काम गरिरहेको उनले आरोप लगाए । विपि कोइराला जस्तो दूरदर्शी नेताको अभाव मुलुकले भोग्नु परेको उनले स्पष्ट पारे ।
कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले बिपि बिचारको कांग्रेसले मात्रै नभै कतिपय कम्युनिष्टले समेत खुलेर प्रशंसा गर्ने गरेको उल्लेख गरे ।
पूर्वमन्त्री एवं पूर्व पार्टी सभापति यज्ञबहादुर थापाले नेताले कार्यकताको मुल्यांकन नगरेपनि कार्यकर्ताले नेताको मूल्यांकन गर्ने समय आएको बताए ।
गण्डकी प्रदेशसभा सदस्य विन्दु थापाले संगठन विनाको काँग्रेस र काँग्रेस विनाको लोकतन्त्र कल्पना गर्न नसकिने बताए। उनले वलियो काँग्रेस वनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति माधव बास्तोला ‘मधु’, नेपाल महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ , अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर लगायतले बोलेका थिए । कार्यक्रममा कास्की कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस कास्कीका कार्यबाहक सभापति आइबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रमलाई सचिव देवेन्द्र रानाभाटले सञ्चालन गरेका थिए ।