प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टी एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले पार्टी विधि अनुरुप चल्न नसक्दा अहिले विवाद आएको बताए ।
‘पार्टी विधिअनुसार चल्नु पर्छ भन्दा अहिलेको विवाद आएको हो नेता केसीले भने, नेतृत्वले यो कुरा सुन्नेवित्तिकै विवाद अन्त्य हुन्छ। ’ ‘केही दिनमा आम सहमति भएर पार्टी पुनः एक ढिक्का भएर अघि बढ्ने उनको भनाई थियो ।
पार्टीलाई एक ढिक्का बनाएर लैजान सभापति शेरबहादुर देउवाको जिम्मेवारी हो भन्दै नेता केसीले सबै नेताहरूलाई मिलाएर पार्टीलाई संरचनागत रूपमा चलाउनुपर्नेमा समेत जोड दिए ।
‘सरकार वाइडबडी,३३ किलो सुन,गोर्कण रिसोर्ट जस्ता काण्डैकाण्डमा अल्झिएको भन्दै नेता केसीले सरकारले निष्पक्ष छानविन गरेर जोसुकै दोषी भए पनि कार्वाहीको दायरमा ल्याउनु पर्नेमा जोड दिए ।
यतिबेला लोकतन्त्र र लोकतान्त्रिक संविधानमाथि धेरै संकट आएको छ , नेता केसीले भने , “लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि सबै पक्षले हातेमालो गर्दे अघि बढ्नुको बिकल्प छैन ।’
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रवीना आले र सचिव प्रदीप पौडेलले पनि बोलेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.