पोखरामा स्ल्याव ग्याप भएको नहरमा खसेर ४ बर्षिया बालिकाको मृत्यु

0
846

पेखरा । पोखरामा स्ल्याव ग्याप भएको नहरमा खसेर ४ बर्षिया बालिकाको मृत्यु भएको छ ।पोखरा -५ मालेपाटनकी इन्दिरा सुवेदीकि ४ बर्षिया छोरी सिर्जना सुवेदीको आईतवार नहरमा खसेर मृत्यु भएको हो ।नहरमाथि स्ल्याव ग्याप थियो र त्यहाँ कार्टुन थियो । बालिकाले सिधै कार्टुनमा टेक्दा नहरमा खसेको स्थानीयको भनाई उदृत गर्दे प्रहरीले जनाएको छ । आईतबार साँझ ६ बजेको समयमा घर नजिकै आमा संग खेल्दै गरेकी बालिका नहरमा खसेकी हुन् ।गहिरो र पानी भएको नहरमा ६ बजे खसेकी बालिकालाई ७ वजेर ४० मिनेट जाँदा मृत अबस्थामा फेला पारिएको थियो । उनी १५० मिटर तलतिर वागवानी नजिकै शब अड्केको अबस्थामा फेला परेकी हुन् ।घटना पश्चात् सशस्त्रप्रहरी र स्थानीयले खोजी कार्य शुरु गरेको वडा प्रहरी कार्यलय बैदामका प्रमुख डिएसपी यादब ढकालले जानकारी दिए ।