Home अर्थ/बाणिज्य पोखरामा तीन महिने ब्युटीसियन तालिम सुरु

पोखरामा तीन महिने ब्युटीसियन तालिम सुरु

0
पोखरामा तीन महिने ब्युटीसियन तालिम सुरु

सरिता तिम्सिना पगेनी
पोखरा । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटिको आयोजना तथा लक्की ब्युटीपार्लर पोखराको सहयोगमा तीन महिने ब्युटिसियन तालिम शुरु भएको छ । तालिमको सोमवार पोखरामा उद्घाटन गर्दे लायन्स क्लब इन्टरनेशनल,डिस्ट्रिक ३२५ बी वान नेपालका को चिफ एडभाइजर राम बसेलले महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप मुलक तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।संंसारको सबैभन्दा ठुलो सामाजिक सेवा गर्ने संस्था लायन्स क्लब भएको उल्लेख गर्दे उहाँले जहाँ आबश्यकता पर्दछ त्यहाँ लायन्स पुग्ने गरेको बताउनु भयो । राज्यको झण्डै ५१ प्रतिशत जनसंख्या रहेको महिलाहरुको शसक्तिकरण विना समृद्धि हासिल गर्न नसकीने भन्दै उहाँले हरेक क्षेत्रमा महिलालाई सक्षम र सवल बनाउन लायन्स क्लबहरुले महत्वपुर्ण योगदान दिएको बताउनु भयो ।डिष्ट्रिक जिएलटी कोअर्रडिनेटर किशोर बरालले महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटिसियन क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले उद्यमी बन्ने गरी सीप सिक्न तालिमका सहभागहिरुलाई आग्रह गर्नु भयो ।डेपुटी चिफ एड्भाईजर दुर्गा ढकालले महिलाले कुनै न कुनै सीप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनु भयो ।कलस्टर चिफ चुडामणी बरालले यस वर्ष शसक्तिकरणका लागि जागौं भन्ने गर्भनरको नारालाई सार्थक पार्न महिला शसक्तिकरणका कार्यक्रमहरुले तिब्रता पाएको बताउनु भयो ।लायन्स क्लब अफ गोल्डेन सोसाईटीका अध्यक्ष भवानी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन सीतादेवी बरालले स्वागत तथा सचिब लक्ष्मी पौडेलले सञ्चालन गर्नु भएको थियो । तालिममा ६ जना प्रशिक्षार्थी सहभागी रहेका छन् भने ब्युटिसियन सम्झना रानाभाट र अनिता केसीले प्रशिक्षण दिने कार्यक्रम संयोजक एवं लक्की ब्युटि पार्लरका प्रोपाईटर लक्ष्मी पौडेलले पोखरा पोष्ट डटकमलाई जानकारी दिनुभयो ।