पोखरा लेकसाइडको फियुल बार एण्ड ग्रिलमा दि एज् व्याण्डको प्रस्तुती हुदैँ

२१ पुष २०७६, सोमबार

पोखरा ।पोखराको लेकसाइडमा अवस्थित फियुल बार एण्ड ग्रिलमा दि एज् व्याण्डको २० औँ बर्ष पार गरेको लास्ट सेलिब्रेसनको उपलक्ष्यमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
अत्याधुनिक फियुल बार एण्ड ग्रिलमा शुक्रबार पुस २५ गते विशेष सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।
साझँ ६ बजेबाट शुरु हुने कार्यक्रममा ख्याती प्राप्त दि एज् व्याण्डले राति सम्म गीत संगितका माध्येमबाट मनोरञ्जन प्रदान गर्ने छन् ।
बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्दै दि एज् व्याण्डले ‘मेरो आँसु’, ‘सम्झिने मुटु’, ‘लेखिएका शब्द’ जस्ता चर्चित गित प्रस्तुत गर्नेे मिस्टर फ्रेस हाउसका प्रोपाईटर अर्विण गुरुङले जानकारी दिनुभयो ।
बारमा संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने भन्दै युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवायुवतीको उपस्थिति धेरै हुने उहाँले बताउनुभयो ।
नयाँ वर्षको सुरुवात सँगैै खाना र म्युजिकमा झुम्न सबैलाई निम्तो गरिएको उहाँले बताउनुभयो ।
यस सेलिब्रेसनको आयोजकको रुपमा मिस्टर फ्रेस हाउस रहेको छ ।
नेपालमा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गर्दै पोखराको जिरो कि.मीमा रहेर मिस्टर फ्रेस हाउसले ग्राहक सामु विभिन्न मासुजन्य उत्पादन पेश गर्दै आएको छ ।

लेकसाईडका अधिकांश रेष्टुरेन्ट, बार एण्ड ग्रिलमा मिस्टर फ्रेस हाउसको मासुजन्य उत्पादनको प्रयोग गरिदैँ आएको भन्दै ग्राहकहरु यस फ्रेस हाउसप्रति सकरातमक रहेको गुरुङको भनाई छ

Leave a Reply