अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको कार्यवहाक अध्यक्षमा जगतबहादुर थापा

१६ माघ २०७६, बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले संघका  उपाध्यक्ष जगतबहादुर थापालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी तोकेको छ । बुधबार बसेको कास्की एन्फाको बैठकले उपाध्यक्ष मध्येका थापालाई उक्त जिम्मेवारी दिएको हो । बैंकिङ कसुरको अभियोगमा   अध्यक्ष मिलन गुरुङ थुनामा रहेका कारण एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको सल्लाह र निर्देशन बमोजिम जिल्ला संघको बैठकले अर्को व्यवस्था नभएका सम्मका लागि थापालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरिएको बिहीबार संघका महासचिव रमेश कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
एन्फा कास्कीमा ३ निर्वाचित र २ मनोनित गरि ५ उपाध्यक्ष छन् । थापा मनोनित उपाध्यक्ष मध्येका हुन् । अध्यक्ष गुरुङ आर्थिक अनियमिताका विषयमा निकै विवादमा पर्दै आएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाल महिला टोली राखेको होटेलका मालिकको उजुरीको आधारमा गुरुङ शुक्रबार  पक्राउ परेका थिए ।

Leave a Reply