सांसदको गरिमामय पद बिर्सिएर नेपालीहरुको आस्था र धर्म प्रति अलिकति पनि सद्भाव राख्न नसक्नेहरुबाट होलीवाइन को करामत झन् झन् छरपस्ट हुँदै छ ।
कहिले मुलुक जनयुद्ध संगै जातिय मुद्दाले आक्रान्त बनायो,कहिले पटकपटक धर्म माथिको प्रहारले । श्री स्वस्थानीको महत्व फलफुल खाने र फुल चडाउने मात्रै होइन,यो छुट्टै धार्मिक र सामाजिक महत्व बोकेको आस्था हो । सत्कर्मप्रती प्रेरित हुने र दुस्कर्म बाट जोगिने सकारात्मक सोचबाट भरिपुर्ण कथाको अध्याय समावेश गरिएको धार्मिक मनोविज्ञान प्रती हाम्रो विश्वास छ । मन,मस्तिष्क र हृदय फरक विषय हो भनेर उजागर गरिएको छ जसको वृस्तित विवरण उक्त कथामा उल्लेख गरिएको पाइन्छ । श्रीस्वस्थानी व्रत बस्ने कुरा व्यक्ति,समाज र समग्र रास्ट्रलाई नैतिक चरीत्र र अनुशासनको कडिमा बाध्न र सु-सस्कृत अनि गतिशील समाज बनाउन पनि यस कथाको मनोविज्ञानले महत्वपूर्ण भुमिका खेलेको छ । जसरी चन्द्रावतीले आफुलाइ रानी हु भनेर दम्भ देखाएर डोलेहरुले श्रीस्वास्थानी ब्रतको लिएर आएको प्रसाद थुकेर फ्याकिदिइन जसको फलस्वरूप आधिहुरुले पुलबाट खसिन र सालिनदिको किनारमा अकल्पनीय कष्ट भोग्नुपर्यो । समग्र रुपमा धार्मिक आस्था एउटा मनोवैज्ञानिक संविधान हो,आफैमा एउटा सृष्टि हो । शुरु र अन्तिमसम्मको कर्मको यात्रामा एक्लै हुन सकिन्छ तर कर्म सकारात्मकताको बाटोमा छ भने अन्तत सबैको साथ नमागिकन पनि सम्हाल्नुपर्ने परिस्थिति आउछ भन्ने विश्वास र प्रमाणित तथ्य हो । जुन कुरा यो कथामा उल्लेख छ । आजलाई हेरेर कसैमाथि कुदृस्टी नराख भोलि समयले कोल्टो फेर्दा तिमी उसको र उ तिम्रो अवस्थामा हुन पनि सक्छ त्यो परिस्थिति पनि सम्झ भन्ने सन्देश दिएको छ । कुशल नैतिकता र चारित्रताको उच्च सन्देश सहित सबै मानवबिचको समानतालाइ प्रष्ट पार्दै मानव समाज चल्ने एउटा आधार बन्यो बिगतमा र आजपनी महत्व उत्तिकै छ । धार्मिक बुझाइले गर्दा नै सम्बन्धको परिचयका आधारमा पाप र धर्मको मानसिकताले नै यो मानव समाज चलिरहेको छ र सृष्टि धानिएको छ । केही झोले र डलरेहरुले धर्ममाथी गरेको प्रहारको महशुसले जसको बुइ चड्यो उसैको कपाल उखेल्ने कोशिश भएको देखिन्छ । जुन धार्मिक जनताको मतले संसदमा पुर्यायो तिनै जनताको मतले भोली धुलिसाप पनि गर्न सक्छ । मन नपरेको कुरा नगर्न पाइन्छ,नमान्न पाइन्छ तर कसैको आस्थाको धरहरा ढाल्न पाइदैन । प्रस्ताव लिएर आउने हो जनताको बिचमा आउनुस कामरेड,संसदमा हैन । श्रीस्वस्थानी माताले हामी सबैलाई सद्बुद्दी प्रदान गरुन्,सबैको जय होस् ।
Home ब्रेकिङ्ग न्युज कामरेड क्रिश्चियनको डलरलाई श्रीस्वस्थानीको पानाले छेक्यो ?- नेविसंघ नेता राजिब बास्तोला
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.