अधिकारकर्मी बिना सिलवाल भन्नुहुन्छ :कति लाउछौ सरकार तिमी लकडाउनको नारा

0
1189

सोच सरकार

कति लाउछौ सरकार तिमी लकडाउनको नारा
बिर्सिएर निभाउनु पर्ने आफ्नो अभिाभार

भारत र चाइनको समाचार छ सहयोग स्वास्थ्य सामाग्री
छटपटीमा नागरिक हुदा पाएन एम्बुलेन्सले पिपीइ

स्वास्थ्य सेवा दिन सक्थ्यौ मागेर नि भिख
क्वारेन्टाइनमै मर्न थाले आफ्ना नागरिक

माघ देखि चलेको हो कोरोनाको हल्ला
कुखुराले नी हुर्काउछ ५ महिनामा चल्ला

कोरोनाले टुहुरो भयो ९ दिनको शिशु
कसो गरि थामेका छौ भन तिम्ले मुटु

शव उठाउन नमान्ने कस्तो हो तिम्रो संयन्त्र
राजेश गाइजु न भा भए के हुन्थ्यो होला भन त

पोषिलो खानाको कुरै छोडौं, क्वारेन्टाइनमा छैन भन्छन् पानी
रोगसंग लड्ने शक्ति बढाउन तातो पिरो कसले दिनी

सयौं होटेल खाली भाछन् खुला चौरमा क्वारेन्टाइन्
साच्चै भ न त त्यही जान्छन् ? कोरोना लागे तिम्रा भानिज, जुवाई

पिपिइ नपाई पन्छि राछन् एम्बुलेन्स चालक, डाक्टर नर्स
संक्रमित क्षेत्रबाट हिडिराछन् यात्रु अझै बसका बस

रोक्न थाले एम्बुलेन्स्, हिंसामा परे स्वास्थ्य डाइरेक्डर
नागरिक भा का छन् आतंकित ढिला भैसक्यो सोच सरकार