कोरोना (कोभिड- १९) महामारी र यसले नेपालमा ल्याउने परिवर्तन

0
1198

रामप्रसाद सुवेदी

अहिले विश्व एउटा भयावहको अवस्थामा रहेको छ । नेपालका पुराना पिँढीहरुले त प्रथम र द्धितीय विश्वयुद्धका घटनाहरु र १४ आँै शताब्दीमा युरोपमा प्लेगबाट १० औ लाख मानिसको मृत्यु तथा १५ औँ शताब्दीमा अमेरिकामा फैलिएको ठेउला, प्लेगरोग, मलेरिया लगायत अन्य महामारीबाट करोडौ मानिसको मृत्युका बारेमा अवगत भएकै हुुनुपर्दछ । तर पनि सञ्चारको पहँुंच नपुगेर होला ती महामारीका बारेमा जसले देखेका र भोगेका थिए उनले मात्र वताउँथे । अहिले विश्व अत्यन्तै साँघुरिएको छ । मानिसका हातहातमा मोवाइल र घरघरमा इन्टरनेट र सामाजिक सन्जालले गर्दा संसारको एउटा कुनावाट अर्को कुनामा क्षणभरमा समाचार पुग्दछन् ।
चीनको वुहान शहरवाट नयाँ रोग कोरोना भाइरस सुरु भएर अहिले विश्वका २१० भन्दा पनि बढी देशहरुमा महामारीको रुपमा फैलिएको छ र ५५ लाखभन्दा बढी सङ्क्रमीत भएका छन् र तीनलाख बढी मरिसके । नेपाल अहिेलेसम्म कोरोना कहरको मृत्युबाट जोगिएकोमा अब त त्यो पनि रहेन । ६८० भन्दा बढी सङ्क्रमित र चार जनाको मृत्यु भइसक्यो । विदेशमा मर्ने नेपालीहरु सय जना पुग्न लागिसके । यसको उत्पत्तिका बारेमा फरकफरक समाचारहरु आइरहेका छन् । विज्ञान र प्रविधिको विकासभन्दा एक कदम अगाडि रहेको यो भाइरस सन् २००१ र सन् २०१२ मा देखिएको समाचारमा आएका थिए तापनि त्यतिबेला यो पशुपन्छी र जनावरहरुमा सीमित थियो । त्यसपछि यसले विकासक्रम्को सिद्धान्तअनुसार स्वरुप परिवर्तन गरेर पशुपंछीहरुबाट मानिसहरुमा सर्ने र जीवित रहनसक्ने सक्षमताको विकास गर्न सफल भयो । चाल्र्सडार्विनको अस्तित्वका लागि सङ्घर्षको सिद्धान्तअनुसार हरेक प्राणीले नयांँ परिवर्तित अवस्थामा आपूmुअनुूुकूल रहनका लागि सङ्घर्ष गर्दछ र उक्त सङ्घर्षका क्रममा सफल भएमा जिउँछ नत्र भन,े उसको अस्तित्व यो संसारवाट लोप भएर जान्छ । कोरोनाका सन्दर्भमा पनि डार्विनको सिद्धान्त लागू भएको पाइन्छ ।
कोरोना भाइरसबारे फरकफरक समाचारहरु आइरहेका छन् तापनि सुरुमा चमेरोबाट सालक हुँदै मानिसले सालकको मासु खाँदा मानिसमा सरेको र मानिसवाट अरु मानिसमा फैलिएकोे भन्ने कुराहरु आएका छन् । हुनत सालकको मासु मानिसले पहिला पनि नखाएका त होइनन् तर कोरोनाले मानिसमा पनि जीवित रहन सक्ने सक्षमताको विकास ग¥यो । जे भएपनि यो चीनको हुवेई प्रान्तको वुहान सहरको मासु पसलबाट नै मानिसमा संक्रमण भएको सबैलाई सर्वविदितै छ । हाम्रो पुर्वीय दर्शनले के खान हुन्छ, के खान हुँदैन एउटा सीमारेखा कोरिदिएको छ । अहिलेका मानिसले त्यसलाई उल्लङ्घन गरिरहेका छन् । मानिस एउटा सर्वहारी प्राणी हो । उसले अन्नका साथै माछामासु पनि खान्छ तर मासु केको खाने केको नखाने यसको सीमा उल्लङ्घन गर्दे गइरहेको छ । यसमा चिनियाहरु एक कदम अगाडि नै रहेका छन् । मिठो मान्दैमा किराफट्ठयांग्रा, जुका, कुकुर, बिराला, गड्यौला जस्ता प्राणीहरु खाँदा यिनीहरुमा असंख्य भाइरसहरु रहेका हुन्छन् र तिनीहरु सामान्य तापक्रममा जीवित रहेर तिनीहरुलाई खाँदा राम्रोसँग नपकाएको खण्डमा वा मासु प्रयोग गरेको भाँडो राम्रोसँंग सफा नगरेको खण्डमा हात वा अरु अंगहरुबाट शरीरमा सर्दछन् र एक मानिसबाट अर्कामा सजिलै सङक्रमित हुन्छन् र मानिसमा जीवित रहन सक्ने सक्षमताको विकास गर्दछन् । यो एउटा प्राकृतिक सन्तुलनलाई खल्बल्याउने मानवीय क्रियाकलाप पनि हो । मानिसले एउटा लक्ष्मण रेखालाई नाघिरहेको छ र उसका क्रियाकलापहरु प्राकृतिक नियमका विपरित छन् । यो कोरोनाको महामारीले अब एउटा सीमारखा खाने र नखाने कुरामा पक्कै पनि कोर्ने छ ।
पूर्वीय र पाश्चात्य दर्शनका आ—आफ्नै संस्कारहरु रहेका छन् । उक्त संस्कारले नै आचरण र व्यवहार सिकाउने हो । हाम्रो पूर्वीय संस्कारमा साथीभाइ तथा आफन्त भेट हँुदा नमस्कार गर्ने जस्ता आदर सम्मानका कुराहरु आउँदछन । पाश्चात्यहरु अरु भेट हुने बित्तिकै हात मिलाउने, अंकमाल गर्ने, म्वाइँ खाने, जस्ता कार्यहरु गर्दछन् । हाम्रो पूर्वीय संस्कारमा पनि अहिलेका युवायुवतीहरुबाट आक्रमण भइरहेको छ । उनीहरु पनि पाश्चात्य संस्कारको सिको गरिरहेका छन् । देशमा केही गर्ने प्रशस्त अबसर हुँदाहँुदै त्यतातिर लाग्छन् अनि कहिलेकाँही आउँदा आफूलाईृ सभ्य र सुसस्ंकारी देखाउन पाश्चात्यको सिको गरेर त्यही क्रियाकलाप यहाँ देखाउँछन् । यस्ता विदेशिएका युवायुवतीहरुले हाम्रो पहिचान र संस्कृतिलाई कक्टेल बनाइरहेका छन् । अबदेखिे उनीहरुले के कुरा बुझे भने चुम्बन, अङकमाल गर्ने र हात मिलाउने गर्नु भन्दा त हाम्रो नमस्कार संस्कार नै उत्तम रहेछ । यसले गर्दा अब आउने नयाँ पिँढीको सोचाइ र व्यवहारमा पक्कैपनि परिवर्तन आउने छ ।
पूर्वीय दर्शनमा हिन्दूहरुका आ—आफ्नै आचरण र परम्परा रहेका छन् । बिहान उठ्नेबित्तिकै नुवाईधुवाई, पूजापाठ,सात्विकखाना, अल्कोहलिक पदार्थमा परहेज, यो एउटा आचरणको सिमारेखा रहेको छ । आआफ्नो पुख्र्यौली संस्कार र आचरणमा फरकपन ल्याएमा जीउँन गाह्रो हुन्छ । गीतामा भनिएको छ , “श्रेयान् स्वधर्मो विगुणःपरधर्माे भयावहः।” यसको अर्थ आफूलाई तोकिएको धर्ममा जिउन र रमाउन जति सजिलो छ त्यति परधर्ममा हुँदैन,र कठिनाइ हुन्छ । सानोतिनो आर्थिक प्रलोभनमा र लहैलहैमा लागेर आफ्नो परंपरादेखि चलिआएको धर्म र संस्कार परिवर्तन गर्न खोज्ने नयाँ पिँढीनाई अब चाँहि केही पछाडि फर्केर हेर्न बाध्य पार्ने छ । ‘हामी धार्मिक नेता भएकाले इश्वरले नै हामीलाई सुरक्षित गर्दछन् त्यसैले हामीलाई केही हुँदैन’ भन्न पछि नपर्नेहरुलाई पनि संसार हामीले सोचेको भन्दा अर्कै रहेछ भनेका होलान् ।
अहिले नेपालका ग्रामीण भेगतिर जाने हो भने ठूलाठूला हराभरा र लहलह खेतीपाती हुने फाँटहरु बाँझै छन् । गाँउमा मर्दा र पर्दा जन्ती र मलामी जाने मान्छे पाँइदैन । गाउँका उत्पादनशील जनशक्ति पाएसम्म अमेरिका,अष्टÇेलिया,क्यानडा,त्यति नभए यूरोप अनि त्यो पनि नभए खाडीमुलुक र भारतका विभिन्न शहरहरुका गल्लीहरुमा निम्नस्तरको काम गरेर बिताइरहेका छन् । विदेश नगएकाहरु पनि गाँउ छोडेर शहरमा डेरा गरेर तथा खोलानाला, बाटोका छेउछाउमा छाप्रो हालेर बस्ने अनि गिटीबालुवा कुट्न, चाल्ने र सुकुम्बासीको नाउँमा आन्दोलन गर्ने जस्ता कार्य गर्दछन् । तिनीहरु केही त सुकुम्बासी होलान् तर त्यस्ता धेरैजसो आँफैले आँफैलाई स्वयंघोषित सुकुमबासी हुन् । अब कोरोनाले गाउँको परिदृश्य फेरिदिने भएको छ । उनीहरु आफ्नो थातथलो सम्झन बाध्य भएका छन् । अब पक्कै पनि गाउँका बाँझा बारीहरु र खेतका फाँटहरुमा हलगोरु नारिने छन् र हराभरा बनाइने छ । यसले नेपालको कृषिमा एउटा क्रान्ति ल्याउने छ यसका साथै गाउँमा जन्ती र मलामीको खाँचो हुने छैन ।
कोरोनाले विश्वव्यापीरुपमा एउटा समानताको न्याय स्थापित गरेको छ । अहिले हुँदाखाने भन्दा हुनेखाने बढी समस्यामा परेका छन् र उनीहरु नै बढी त्रसित छन् । हिजो हामी सबै कुराबाट सुरक्षित छौँ र हामीसँंग हतियारहरु छन् , बलियो सेना छ , प्रसस्त धन र सम्पत्ति छ तथा हामीले विज्ञान र प्रविधिको धेरैे विकास गरेका छौँ र हामी चन्द्रमामा पनि पुगिसक्यँौ अब हामीलाई केही डर छैन भन्नेहरु पनि सोच्न बाध्यभएका छन् र भन्ने गरेका छन् प्रकृति नै सबैभन्दा ठूलो रहेछ र हामीले अहिलेसम्म केहपिनि गरेका रहेनछौँ । हिजो आपूmुलाई शक्तिशाली मान्नेहरु आज मुख खुम्च्याउन विवश भएका छन् । अब त पाश्चात्यहरुले पनि उनीहरुको संस्कार भन्दापनि पूर्वीयसंस्कार, धन र सम्पत्तिले भन्दा आचरणले मानिसलाई सुरक्षित गर्दो रहेछ भन्न थालेका छन् । उनीहरुले हरेकको अस्तित्वलाई स्वीकार गर्नु पर्ने र खाने नखाने, गर्ने नगर्ने कुराको एउटा सीमा राख्नुपर्ने कुराको निश्कर्षमा पुगेका छन् । उनीहरुले मानवसभ्यताले जे सुकै कुराको एउटा सीमा राखेर काम गरेमा यो पृथ्वीको, अस्तित्व र पर्यावरण र मानवसमेतको सुरक्षा सम्भव रहेछ भन्ने निक्र्र्यौल निकालेका छन् । अहिले उनीहरु आफूले गरेका गल्तीहरुबाट पाठ सिक्दैछन् ।
यो महामारीले एउटा राम्रो संस्कारको विकास गर्ने कुरा निश्चितजस्तै छ । कहिल्र्यैे पनि दिशा र पिसाव गरेपछि हातखुट्ठा साबुनपानीले नधुने मान्छेहरुमा पनि परिवर्तन आएको छ । राज्यप्रति सबै पार्टी र नागरिकहरमा अभूतपूर्व एकता देखिएको छ । पर्यावरणमा मानवले गर्ननसकेको सुधार आएको छ । टुँडिखेलमा कहिल्यैे नदेखिने चीलहरु देखिएका छन् । कृषिप्रणालीमा आधारित अर्थतन्त्र भएका मुलुकहरु औद्योगिक मुलुकभन्दा केहीबढी सुरक्षित रहने आँकलन गरिएको छ ।

महान दार्शनिक रुसोको ‘प्रकृतितर्फ फर्कर्‘ भन्ने सिद्दान्त त्यत्तिकै सार्थक छ । यसको अर्थ तिमी पहिला आफूतर्फ फर्क र पहिला आफूुले आफ्नो मूल्याङ्कन गर । हिजो तिमीले सिकेका जन्मदेखि मृत्युसम्मका संस्कारहरु जे तिमीलाई तिम्रा पुर्खाहरुले सिकाएका थिए त्यसलाई नै अबलम्वन गर त्यही नै तिम्रा लागि हितकर छ । पुर्खाहरुले भन्ने गर्दथे कि, मान्छे राति हिड्नुहुँदैन किनकि रातिको समय अरुको हो र रातको समयमा दिउसो आँखा नदेख्ले किराफट्याङ्ग्रा र राति सिकारगर्ने जनावरहरुको दिनचर्या हो । कतिपय त्यस्ता प्राणकिो सम्पर्कमा आउँदा ब्याक्टेरिया र भाइरसको संक्रमण हुनसक्ने सम्भावना रहन्छ । त्यसैले यो ब्रहमाण्डको सबैभन्दा सभ्य र विकसित प्राणी भएर मानवले त्यस्तै सभ्य र शिष्टतापूर्ण व्यवहारको प्रदर्शन गर्न सक्नुपर्दछ । खाने र नखाने, गर्ने नगर्ने कुराको एउटा सिमांज्ञ्न हुनु पर्दछ । एउटा पुरानो भनाइृ छ ‘खानु खानु पर्दछ, छानु खानुहुँदैन’ यसको अर्थ हरेक कुराको सीमा हुन्छ र त्यो सीमालाई उल्ल»्घन गर्नु हुँदैन । नेपालमा माओवादीहरु वि.स.ं २०५२ सालमा राज्यको पुर्नसंरचना गर्छाैँ भनेर आन्दोलन गरे तर तिनीहरु पुरानै संरचनामा घुलिए । यदि नेपालले यो महामारीबाट मुक्ति पायो भने सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा पुर्नसंरचना गर्ने एउटा अवसरको रुपमा कोराना (कोभिड १९) रहने छ भन्ने निश्कर्ष छ ।

ramsubedi1964@gmail.com

(लेखक पृथ्वीनारायण क्याम्पस पाेखराका  उप-प्रध्यापक हुनुहुन्छ)