कम्युनिस्टको हातमा लाेकतन्त्र, वाँदरकाे हातमा नरिवल जस्तै भयो : नेता पाण्डे

३ माघ २०७७, शनिबार

पाेखरा  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वद्रि पाण्डेले कम्युनिस्टको हातमा लाेकतन्त्र, वाँदरकाे हातमा नरिवल जस्तै भएको वताएका छन् ।कांग्रेसले राेपेकाे लाेकतन्त्रकाे संरक्षण कांग्रेसले वाहेक अरुले गर्न नसक्ने उनले बताए ।

संसद विघटनको विराेधमा कास्कीको रुपा गाउँपालिकामा अायाेजित विराेध सभालाई सम्वाेधन गर्दै उनले भने ,´काग्रेसकाे पहिलो दायित्व संविधानकाे रक्षा गर्नु हाे ।चुनाव जहिले भए पनि काँग्रेसले जित्छ, चुनाव जितिन्छ भन्दैमा संविधानलाई कुल्चिएर चुनावमा कांग्रेस जादैन ।`

उनले सरकारले लाेकतन्त्र ,संविधानमाथि प्रहार गरी असंवैधानिक तरिकाले संसद विघटन गरेकाले त्यसको विरुद्धमा वाध्य भएर कांग्रेस सडक अान्दोलनमा उत्रनु परेको बताए ।

संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा अाेलीले राजिनामा दिनु पर्थ्याे नेता पाण्डेले भने ,´प्रतिनिधि सभाकाे पुनःस्थापन पनि नहुने र निर्वाचन पनि नहुने अवस्था अायाे भने मुलुक जाेखिममा जान्छ।´

राष्ट्रपति संविधानकाे संरक्षक भएको भन्दै उनले प्रधानमन्त्रीले संविधान मिचेर गरेकाे सिफारिस राष्ट्रपतिले अनुमाेदन गर्न पाईन्छ भन्दै प्रश्न समेत गरे ।

संविधानलाई कुल्चने मान्छे अाफै सकिन्छ भन्दै प्रधानमन्त्री अाेलीले अाफु सकिने बाटाे राेजेकाे उनको भनाइ थियो ।

Leave a Reply