कास्की ।नेपाली कांग्रेस रुपा गाउँ कार्य समितिले शनिबार अायाेजना गरेको सरकार विरुद्धको असंवैधानिक कदमकाे विराेध कार्यक्रममा नेपाल कम्युनिस्ट पाटी (नेकपा) परित्याग गरी ४० जना बढी कांग्रेसमा प्रवेश गरेका छन्।
रुपा गाउँपालिकाका विभिन्न वडाका ४० जना भन्दा बढीले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको रुपा गाउँपालिका कांग्रेसका नेता प्रकाश खनालले जानकारी दिए।
प्रेम नेपाली ,विजय अाेझा,धन बहादुर थापा,राजेश सुनार,पुर्ण परियार ,सिमा भुजेल ,राम बहादुर भुजेल ,राेशन सुवेदी ,जीवन काेईराला,गणेश परियार ,खेमराज अाेझा,याेगराज खनाल,चुमलाल सुवेदी ,मन नेपाली ,धन बहादुर थापा लगायतले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन्।
उनिहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य वद्रि पाण्डे,जीवन परियार , कांग्रेस रुपाका नेता प्रकाश खनाल लगायतले स्वागत गरेका हुन्।
नेकपा सरकार भ्रष्टाचारमा डुवेकाे,असंवैधानिक कदम चालेको भन्दै नेकपा लाई छाडेर जनताको हित र जनतालाई न्याय दिने पाटी नेपाली कांग्रेसमा प्रवेश गरेकाे उनिहरुकाे भनाइ छ।
नेपाली कांग्रेस रुपा गाउँ कार्य समिति सभापति तुल बहादुर गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार ,कास्की कांग्रेस सचिव सुदिप माेहन भट्टराई ,जिल्ला सदस्य नारायण कुमार श्रेष्ठ,नेपाली कांग्रेस रुपाका नेता प्रकाश खनाल ,गीमाया गुरुङ ,महाधिवेशन प्रतिनिधि खलिल मियाँ ,कुमार सुनार,रुपा -७ का अध्यक्ष दया सागर सुवेदी ,रुपा -१ का अध्यक्ष दिपक अाले,रुपा -२ का ईकाई सभापति लिलानाथ सुवेदी ,३ का बाबुराम अाेझा,५ का अप्सरा श्रेष्ठ,ट्रेड युनियन रुपाका अध्यक्ष ढक बहादुर थापा,वुद्दि बहादुर खड्का लगायतले बाेलेका थिए।