पाेखरा । रुपाकाेट पाेखरा सम्पर्क मंचकाे शनिबार पाेखरामा सम्पन्न अाठाैं अधिबेशन तथा साेह्राैं साधारणसभाले सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिकाे उपाध्यक्षमा शेर अलि मियाँ ,सचिवमा हिरामणि अधिकारी ,काेषाध्यक्षमा कृष्ण बहादुर खड्का र सहसचिवमा अजिम मिया चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा सुस्मा अाचार्य,टिक बहादुर गुरुङ ,रिषि विक,साेम बहादुर गुरुङ ,हाेम बहादुर गुरुङ र राम बहादुर खड्का चयन भए ।
यस अघि कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ विकास समितिका संयाेजक दिपक काेईरालाले नेपाल जस्तो विकासाेन्मुख देशमा जनप्रतिनिधिले मात्रै चाहेर विकास नहुने भन्दै उनले अावश्यकताकाे अाधारमा नीति तथा कार्यक्रम वनाउने सिस्टमकाे विकास हुनु पर्नेमा जाेड दिए।
संविधानसभा सदस्य कृष्ण बहादुर गुरुङले उत्पादन विना मुलुककाे अर्थतन्त्र वलियाे नहुने भन्दै गाउँमा उत्पादनमुलक कार्यक्रमहरु लैजानु पर्ने वताए ।
रुपाकाेट पाेखरा सम्पर्क मंचका अध्यक्ष तील बहादुर खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा मंचका पुर्व अध्यक्ष हरि बहादुर खड्का ,रुपा तमु समाजका अध्यक्ष बलराम गुरुङ ,सिद्दार्थ तमु समाजका अध्यक्ष गेस बहादुर गुरुङ लगायतले बाेलेका थिए।।
कार्यक्रममा सचिवको प्रतिबेदन संस्थाका सह सचिव सरिता तिम्सिना पगेनीले गरेकी थिईन भने काेषाध्यक्षकाे प्रतिबेदन कृष्ण बहादुर खड्काले प्रस्तुत गरेका थिए।
संस्थाका सचिव सुस्मा अाचार्यले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष शेर अली मियाले गरेका थिए।