युनियनको नेतृत्वमा पत्रकार महासंघलाई सबै पत्रकारको साझा संस्था वनाउछाैं :अध्यक्ष सिग्देल

९ फाल्गुन २०७७, आईतवार

कास्की ।  नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनमा युनियनको नेतृत्वमा पत्रकार महासंघलाई सबै पत्रकारको साझा संस्था  वनाउने गरि अगि बढ्ने वताएका छन्।

अाईतबार पाेखरामा प्रेस युनियन कास्कीले  नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनका सन्दर्भमा अायाेजना गरेकाे  भेलालाई सम्बाेधन गर्दै अध्यक्ष सिग्देलले महासंघलाई सबै विचारमा अास्था राख्ने पत्रकारको साझा संस्था वनाउने गरि युनियनले नेतृत्व लिने जानकारी गराए।

नेकपा निकटका पत्रकार संस्थाले सहकार्यका लागि प्रस्ताव गरेका छन्,अध्यक्ष सिग्देलले भने,´युनियनले अागामी परिस्थिति अनुसार निर्णय लिनेछ।`

युनियनका उपाध्यक्ष रमेश पाैडेलले विगतका निर्वाचनवाट पाठ सिक्दै संगठनलाई धाेका नहुने गरि सहकार्य गरिने वताए ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघमा कसैबाट लिने गरी नभई आफूहरुले दिने गरी अन्य संगठनसँग सहकार्य गर्न सकिने बताए ।

युनियन कोषाध्यक्ष सरोज अधिकारीले न्याय र विवेक प्रयोग गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई आग्रह गरे ।

कार्यक्रमा  युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली , प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बाँस्तोला ,युनियन कास्की अध्यक्ष नवीन सिग्देल केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, दिलीप पौडेल, दिलीपाश्री अधिकारी, सल्लाहकार शिरोमणि बराल, तारा पाखे, डा. बलराम उपाध्याय रेग्मी, पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी, पत्रकार कमल पौडेल, हिमनिधि लौडारी, माधव रेग्मी, वासुदेव पौडेल, वेदनिधि तिमिल्सिना, कांग्रेसका सञ्चार विभाग सदस्य कृष्ण थापा, युनियनका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, जिल्ला सचिव प्रदीप पौडेल, पत्रकार उत्तम पौडेलले युनियनलाई एकताबद्ध बनाएर लौजान नेतृत्वलाई सुझाव दिए ।

 

Leave a Reply