सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा रुपाकाेट पाेखरा सम्पर्क मंचकाे नयाँ कार्यसमिति गठन

९ फाल्गुन २०७७, आईतवार

पाेखरा ।  रुपाकाेट पाेखरा सम्पर्क मंचकाे शनिबार पाेखरामा सम्पन्न अाठाैं अधिबेशन तथा साेह्राैं साधारणसभाले सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिकाे उपाध्यक्षमा शेर अलि मियाँ ,सचिवमा हिरामणि अधिकारी ,काेषाध्यक्षमा कृष्ण बहादुर खड्का र सहसचिवमा अजिम मिया चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा सुस्मा अाचार्य,टिक बहादुर गुरुङ ,रिषि विक,साेम बहादुर गुरुङ ,हाेम बहादुर गुरुङ र राम बहादुर खड्का चयन भए ।

यस अघि कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ विकास समितिका संयाेजक दिपक काेईरालाले नेपाल जस्तो विकासाेन्मुख देशमा जनप्रतिनिधिले मात्रै चाहेर विकास नहुने भन्दै उनले अावश्यकताकाे अाधारमा नीति तथा कार्यक्रम वनाउने सिस्टमकाे विकास हुनु पर्नेमा जाेड दिए।

Leave a Reply