सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटनकाे निर्णय बदर

११ फाल्गुन २०७७, मंगलवार

पाेखरा ।सर्वोच्च अदालतले  प्रतिनिधिसभा विघटनकाे निर्णय बदर

गरेको छ  ।अदालतले संसद पुनर्स्थापना गर्ने गरी  मंगलबार आदेश दिएको छ ।

आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

Leave a Reply