पाेखरा।पाेखरा -३ नदीपुर स्थित सुर्याेदय युवा क्लबकाे अग्रसरतामा प्रकृति उद्यान नदीपुरमा निर्माण गरिएकाे खुल्ला व्यायामशाला विहिवार देखि संचालनमा अाएकाे छ।
झण्डै १० लाख रुपैया लागतमा निर्माण सम्पन्न भएको व्यायामशालाकाे विहिवार पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले एक कार्यक्रम वीच उद्घाटन गरे ।
कार्यक्रममा बाेल्दै मेयर जीसीले स्वास्थ सबैभन्दा ठुलाे कुरा भएको उल्लेख गर्दै नगरवासीकाे स्वास्थलाई ध्यान दिदै महानगरका प्रत्येक वडामा व्यायामशाला निर्माण गरिने याेजना रहेको सुनाए ।१५ वटा वडामा व्यायामशाला निर्माण कार्य सम्पन्न भएको जानकारी दिदै मेयर जीसीले व्यायामशालाकाे उचित प्रयोग र संरक्षणमा ध्यान दिन वडावासी सचेत रहनुपर्ने बताए ।
महानगरलाई सफा ,स्वच्छ र हराभरा राख्न सबै नागरिक एकजुट भएर लाग्नु पर्ने उनको भनाइ थियाेे।
कार्यक्रममा बाेल्दै पाेखरा -३ का अध्यक्ष रविन्द्र वहादुर प्रजुले युवा तथा प्राैढलाई लक्षित गरि व्यायामशाला निर्माण गरिएको जानकारी दिदै वालवालिकाका लागि पनि बाल उद्यान निर्माण गर्ने साेच रहेको वताए ।
वडा नम्बर १ की अध्यक्ष शारदा पराजुलीले विकास निर्माणका कार्यमा राजनितीक पुर्वाग्रह राख्न नहुने वताउदै छिमेकी वडा संग हातेमालो र सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जाेड दिईन।
उद्यान निर्माण निर्माण समितिका संयाेजक सहदेव वानियाले व्यायामशाला निर्माणका लागि महानगरबाट ८ लाख ६८ हजार रुपैयाँ सहयोग दिने भनिएकोमा रकम अाउने क्रममा रहेको जानकारी दिए।
व्यायामशालामा ढाड ,खुट्टा ,कम्मर ,छाती अादिकाे व्यायाम हुने गरी सामाग्री व्यवस्थापन गरिएको सुर्याेदय क्लवका अध्यक्ष शेखर पराजुलीले जानकारी दिए।