फागुन २१ गते प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

२० फाल्गुन २०७७, बिहीबार

पाेखरा । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकावीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

 

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

प्रेस नाेटमा  विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ ।

सहमतिकाे विस्तृत विवरण यहि फागुन २१ गते विशेष समारोह वीच सार्वजनिक गरिने प्रेस नाेटमा उल्लेख छ।

उक्त समारोहलाई नेपाल सरकारकाे तर्फबाट प्रधानमन्त्री केपी अाेली र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट उक्त पार्टीका महासचिव विप्लवले सम्वाेधन गर्ने  प्रेस नाेटमा जनाईएकाे छ ।

साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ ।

हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

 

 

 

 

 

 

Leave a Reply