कास्की । स्कुल अफ डेमोक्रेसीको गण्डकी प्रदेश कार्यसमिति बिस्तार गरिएको छ । प्रदेश कार्यसमितिका अध्यक्ष गंगाधर पराजुलीले समितिको बिस्तार गर्नुभएको हो । समितिमा रहेका मध्ये अधिकांश नेपाली कांग्रेस र विभिन्न भातृ तथा शुभेच्छुक संस्थाको जिम्मेवारी समेत लिइसकेका र राजनीतिमा क्रियाशील रहेकाहरु नै छन ।
यसका साथै विभिन्न पेशागत , बौद्धिक , सामाजिक तथा धार्मिक संघसंस्थामा रहेर महत्वपूर्ण जिम्मेवारीमा रहेका हरुलाई पनि समितिमा राखिएको छ ।
समितिमा सदस्य राखिएको बाग्लुडं का बसन्त श्रेष्ठ बाग्लुडं उधोग वाणिज्य संघका पूर्व अध्यक्ष तथा बाग्लुडं नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उमेदवार समेत हुनुहुन्छ । वहाँ थोरै मतले नगरप्रमुख पदमा पराजित हुनुभएको थियो । वहाँ विभिन्न व्यवसाय र राजनीति लगायत विभिन्न संघ संस्थामा सक्रिय हुनुहुन्छ ।
यसैगरि गोरखाबाट विना देवी श्रेष्ठलाई सदस्य राखिएको छ । वहाँ नेपाली कांग्रेसकी नेतृ तथा गोरखा नगरपालिकाका उपप्रमुख हुनुहुन्छ । पर्वत जिल्लाबाट सदस्यमा मनोनित हुनुहुने लेखनाथ उपाध्याय लामो समय देखि प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ । नेपाली कांग्रेसको बौद्धिक व्यक्तित्व विभिन्न विषयको प्रशिक्षक रुपमा समेत वहांले काम गर्दै आउनुभएकाो छ ।
तनहुंबाट आशा थापा लाई प्रदेश समितिको सदस्य मनोनित गरिएको छ । वहाँ नेपाली कांग्रेसकी नेतृ एवं तनहुको भानु नगरपालिकाकी उपप्रमुख हुनुहुन्छ ।
यसैगरि सदस्यमा मनोनित म्याग्दी जिल्लाका धनन्जय कुमार श्रेष् ठनेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । कास्कीका प्रकाश उदास नेपाली कांग्रेस पोखरा महानगर समितिका पूर्व सचिव र विगतमा नेविसंघको राजनीतिमा समेत सक्रिय रहनुका साथै विभिन्न धार्मिक र व्यवसायिक एवं सामाजिक संघ संस्थामा निरन्तर सक्रिय व्यक्तित्व हुनुहुन्छ ।
अर्का सदस्य अर्जुन पोखरेल पोखरा उधोग वाणिज्य संघका नवनिर्वाचित उपाध्यक्ष हुनुहुन्छ । वहाँ नेपाली कांग्रेसका युवाहरुमाझ लोकप्रिय एवं व्यवसायिक र विभिन्न संघ संस्थामा समेत सक्रिय रहंदै आउनुभएको छ । अर्का सदस्य मिलन थापा नेपाली कांग्रेसको महिला विभागका केन्दिय सदस्य हुनुहुन्छ । पोखरामा महिलाहरुको स्वामित्वमा संचालित रेडियो जननीको अध्यक्ष एवं लायन्स लगायतका संस्था मा क्रियाशील थापा पोखरामा ऑटोमोबाइल, होटल , पर्यटन लगायतका व्यवसायमा संलग्न हुनुहुन्छ ।
यसैगरि अर्का सदस्य पुष्पराज पराजुली नेपाली कांग्रेस कास्कीका सदस्य , कांग्रेस पोखरा महानगर समितिका पूर्व कोषाध्यक्ष साथै विभिन्न संघ संस्थामा क्रियाशील व्यक्तित्व हुनुहुन्छ भने रविन्द्र बराल पोखरा विश्व विधालयमा प्राध्यापनरत , पोविवि प्राध्यापक संघ लगायत विभिन्न संघ संस्थामा सक्रिय युवा हुनुहुन्छ ।
नेविसंघको राजनीतिमा लामो समय क्रियाशील देवकृष्ण पराजुली पनि समितिको सदस्य रहनुभएको छ । हाल नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय पराजुली अन्य संघ संस्थामा पनि त्यत्तिकै क्रियाशील हुनुहुन्छ ।
यसैगरि कास्कीको अन्नपूर्ण गाउंपालिकाका विजय गुरुडं नेपाल तरुण दल र नेपाली कांग्रेसका युवा हुनुहुन्छ । वहाँ शहिद तत्कालीन अवस्थामा शशस्त्र माओवादीबाट हत्या गरिएका शहिद कृष्ण बहादुर गुरुडंका छोरा हुनुहुन्छ ।
यसैगरि लम्जुडंमा रहेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय विच्छ बहादुर घले , नवलपुरमा नेविसंघ र तरुण दलमा सक्रिय रही विभिन्न व्यवसायमा संलग्न युवा अनन्त कंडेल , स्यांजाको गल्यामका श्याम भण्डारी पनि प्रदेश समितिको सदस्य रहनुभएको छ । भण्डारी राष्ट्रीय स्तरमा स्थापित कफी व्यवसायी पनि हुनुहुन्छ ।
सदस्यमा रहनुहुने लक्ष्मण अधिकारी स्यांजाको भीरकोट नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष तथा कांग्रेसका युवा नेता हुनुहुन्छ भने स्यांजाकी रन्जता रेग्मी नेविसंघका पुर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।
समितिमा केही सदस्यहरुको मनोनयन बाँकी रहेको र पदाधिकारीहरुको चयन पनि समितिका सदस्यहरुबाट गरिने बताउंदै प्रदेश समितिका अध्यक्ष पराजुलीले यथाशीघ्र सदस्य एवं पदाधिकारीहरुको पदबहाली कार्यक्रम समेत गरिने जानकारी दिनुभएको छ ।