नेपाल महिला संघ पाेखराका सभापति माया बराललाई काेराेना पुष्टि

१३ बैशाख २०७८, सोमबार

 

पाेखरा।नेपाल महिला संघ पाेखराका सभापति माया बराल क्षेत्रीलाई काेराेना भाईरस संक्रमण पुष्टि भएको छ। अाईतवार साँझ अाफुलाई काेराेना भाईरस संक्रमण पुष्टि भएको बरालले पाेखरा पाेष्टलाई जानकारी दिनुभयाे।

“हल्का खाेकी,ढाड दुख्ने र शरीर ताताे हुदै गएपछि काेराेना हाे कि भन्ने शंका लागेर टेष्ट गरे ,नतिजा पाेजेटिभ अायाे, उहाँले पाेखरा पाेष्टसंगकाे कुराकानीमा भन्नुभयो ।”

अहिले डाक्टरकाे निगरानीमा घरमै बसेर स्वास्थ उपचार गरिरहेकाे र अाफ्नाे स्वास्थ अबस्था सामान्य रहेको बरालले जानकारी दिनुभयो ।

उहाँले काेराेना संक्रमणकाे जाेखिमबाट जाेगिन स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्न समेत अाग्रह गर्नु भएको छ।

 

Leave a Reply