सूचना टाँसेर गण्डकी प्रदेश सभा बैठक स्थगित

0
326

पाेखरा । गण्डकी प्रदेशको जारी विषेश अधिवेशन अनिश्चित कालकालागि स्थगित भएको छ ।

जनमोर्चाका सांसद खिमविक्रम शाही आजको बैठकमा अनुपस्थित भएपछि  अर्को सुचना नभए सम्मका लागि गण्डकी प्रदेशसभाकाे बैठक स्थगित गरिएको प्रदेश सभा सचिव हरिराज पाेखरेलले जानकारी दिए  ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि छफफल पछि आजै मतदान गर्ने कार्यसूचि रहेको थियो ।