पछिल्लो २४ घण्टामा गण्डकीमा  थप ८ जनाको  कोरोना भाइरस संक्रमणबाट मृत्यु

१९ बैशाख २०७८, आईतवार

पाेखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखराका ६ सहित प्रदेशका ८ जना रहेको  स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ  ।

मृत्यु हुनेमा पोखरा- १६ का ७७ वर्षका पुरुष  रहेकाछन् ।उनको होम आइसोलेसनमा मृत्यु भएको हो । त्यस्तै पोखरा २६ की ५८ वर्षीय महिलाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ ।

त्यस्तै मृत्यु हुनेमा दाङ घर भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ४३ वर्षीय पुरुष रहेकाछन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा पर्वतका ७६ वर्षका महिला गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै पोखरा १६ र पोखरा १० का एक एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ भने पोखरा ११ का ५४ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ ।

त्यस्तै मृत्युहुने आठौं व्यक्ती रुपन्देही घर भए पोखराको मेडिप्लस अस्पतालमा उपचाररत ७५ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ ।

 

 

Leave a Reply