अती जरुरी बाहेकका सवै सेवा बन्द गर्न सहकारी संघ संस्थाहरुलाई विभागको निर्देशन

२९ बैशाख २०७८, बुधबार

 

पाेखरा । अती जरुरी बाहेकका सवै सेवा बन्द गर्न सहकारी संघ संस्थाहरुलाई  संघिय सहकारी विभागले   निर्देशन दिएको छ ।

सहकारी विभागले आज (२९ )गते सूचना प्रकाशन गरी अत्याबश्क सेवा बाहेकका कार्य बन्द गर्न भनेको हो ।

विभागले स्थानीय  प्रशासनको  पुर्ण समन्वयमा र कम जनशक्तीको प्रयोगमा अत्यन्त जरुरी सेवा मात्र संचालन गर्न भनेको छ ।

विभागका उपरजिष्ट्रार सुरेन्द्र राज पौडेलको हस्ताक्षर रहेको पत्रमा स्वास्थ्य पुर्वाधारको ब्यवस्थापनमा राज्यलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

विभागले कोरोना जोखिमबाट जोगाउन र थप क्षती हुन नदिनका साथै कोरोना नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेको छ ।

 

Leave a Reply