पाेखरा ।राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । थापालाई संसदीय दलको नेताबाट हटाइएको जनमोचार्का महासचिव मनोज भट्टले जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद सचिवालयलाई जानकारी दिएको महासचिव भट्टले जानकारी दिए ।
