गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

0
424

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । एमाले नेतृत्वको पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि पोखरेल यही जेठ २९ गते मुख्य मन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले आज  प्रदेश सभामा विश्वासको मत मागेका थिए ।कुल उपस्थित ५८ मध्ये यस अघि हस्ताक्षर गरेका ३१ सदस्यले उनको प्रस्तावका पक्षमा मतदान गरे भने विपक्षमा नेकपा एमालेका २७ जना सांसदले मात्रै मतदान गरेका छन्  ।

मतदान सकिए पछि प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बहुमतको समर्थन पाएकाले सरकारले विश्वासको मत पाएको घोषणा गरे ।

एमाले बाहेकका दल र स्वतन्त्र सांसद दीपक मनाङगेको गठबन्धनले पोखरेललाई विश्वासको मत दिएको हो ।