स्व. रामजी पौडेल वादललाई आदर्श नेताको रुपमा सम्मान गर्नु पर्नेमा जोड

२८ श्रावण २०७८, बिहीबार
कविराज खनाल
पोखरा  ।रामजी बादल मेमोरियल ट्रष्ट,पोखरा ३०, कास्कीले छैटौ बादल स्मृति सभा विहिवार राधाकृष्ण वृद्धाआश्रममा एक समारोहका विच सम्पन्न गरेको छ ।
स्मृति सभाका प्रमुख अतिथि नेपाली कांग्रेस कास्कीका पुर्व सभापति एवं नेपाल सरकारका पुर्व कानून मन्त्री यज्ञवहादुर थापाले कास्कीका पाटीमा आवद्ध सम्पुर्ण कार्यकर्ता एकवद्ध भएर बादललाई आदर्श नेताको रुपमा सम्मान गर्नुपर्ने वताए । स्व. रामजी पौडेल वादलको छैटौे स्मृति सभाको अवसरमा वोल्दै पार्टीको एउटा स्थानीय आदर्श नेता गुमाएकोले उनको स्मृति दिवसको अवसरमा उनलाई एउटा आदर्श नेताको रुपमा सम्मान गर्नु पर्नेमा जोड दिएका हुन । साथै उनले कार्यकर्ताको नाउमा यो स्मृतिलाई जगाई राख्नु सम्मान गर्नु , केन्द्र देखि स्थानीय रुपमै सवैको कर्तव्य भएको वताउदै थापाले रामजी वादल एउटा पवित्र प्रजातन्त्र वादी नेताको रुपमा चित्रण गर्नु पर्ने, बादल एउटा जनता र पाटीको लागी भोकभोकै हिड्ने एउटा इमान्दार कार्यकर्ता भएकाले वादल प्रतिष्ठानलाई बलियो बनाउनेमा स्व. वादलको गरेको कार्यको सरहाना गर्दै आगामी दिनमा अझ वादल प्रष्ठिानलाई विकसित गर्दै लानु पर्ने मा जोड दिए ।
स्व. रामजी बादलकी धर्मपत्ती एवं मेमोरियल ट्रष्टकी संरक्षक चन्द्रावति पौडेलको सभापतित्वमा भएको सो कार्यक्रमका नेपाली कांग्रेस केन्द्रिय निति तथा प्रशिक्षण विभागका सदस्य एवं नेपाल शिक्षक संघ केन्द्रिय पूर्व वरिष्ठ उपाध्यक्ष किशोरदत्त वराल, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा, नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव नन्दप्रसाद तिवारी, नेपाली कांग्रेस महा समिति सदस्य बुद्धिमान गुरुङ्, पोखरा महानगरपालिका वडा नंं २७, का वडा अध्यक्ष पूर्णवहादुर गुरुङ्, राधाकृष्ण मन्दिर वृद्धाआश्रमका अध्यक्ष प्रेम लिगल, नेपाली कांग्रेसका जिल्ला सदस्य रामबाबु भण्डारी र नेपाल महिला संघ महानगर सह– संयोजक लक्ष्मी पौडेलले लोकतन्त्र प्राप्तीका लागि स्व. रामजी बादलले खेलेको भुमिका र योगदानका बारेमा बोलेका थिए ।
स्मृति सभामा स्व. रामजी बादल मेमोरियल ट्रष्ट कोषलाई नेपाली कांग्रेस महा समिति सदस्य बुद्धिमान गुरुङ्ले रु. १ लाख रुपैया, पोखरा महानगरपालिका वडा नंं २७, का वडा अध्यक्ष पूर्णवहादुर गुरुङ्ले २५ हजार रुपैया, नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं नेपाल सरकारका पुर्व कानुन मन्त्री यज्ञवहादुर थापाले रु. ११ हजार ११ सय ११ रुपैया, नेपाल शिक्षक संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष किशोरदत्त वरालले रु. ५ हजार रुपैया नगद कांग्रेसका पुर्व जिल्ला सचिव नन्दप्रसाद तिवारीलेअतिथि मार्फत रामजी बादल मेमोरियल ट्रष्टको कोषलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमा राधाकृष्ण मन्दिर वृद्धआश्रमलाई किचन सामाग्री हस्तान्रण एवं मन्दिर परिसरमा स्व. वादलको छैटौ स्मृतिमा प्रमुख अतिथिवाट विभिन्न जातका विरुवा समेत रोपीएको थियो । भने रामजी बादल मेमोरियल ट्रष्टका कोषाध्यक्ष पृतीराज पण्डितले स्वागत गरेको सो कार्यक्रमा सचिव विश्वमोहन पौडेलले कार्यक्रको संचालन गरेका थिए ।

Leave a Reply