पोखरा । गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम र सचेतक पदमा भवगतप्रकाश मल्ल नियुक्त भएका छन् ।
दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई प्रमुख सचेतक पदमा नियुक्त गरेका हुन् । पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा गौतम नियुक्त भएकी हुन् ।
यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका हुन् । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् ।