सार्दीखोलामा नेलम्बोको निःशुल्क मुख तथा दन्त शिविर 

३२ श्रावण २०७८, सोमबार

 

श्रीभद्र पौडेल

पोखरा ।पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका–२, सार्दीखोलामा १ हप्ते निःशुल्क मुख तथा दन्त शिविर  आइतवार सम्पन्न गरेको छ ।

समापन समारोहमा भनाई राख्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नेलम्बोले पालिकाका हरेक क्रियाकलापमा साथ दिर्दै आएको उल्लेख गर्दै उक्त संस्था पालिकावासीमा ब्राण्ड बनेको बताउनुभयो ।

वडाध्यक्ष विक्रम गुरुङले आफ्नो वडालाई लक्षित गरी कार्यक्रम राखेकोमा नेलम्बोप्रति आभार प्रकट गर्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।माछापुच्छे«–६, धितालका वडाध्यक्ष हरीशचन्द्र ढुङगानाले गाउँपालिका क्षेत्रमा नेलम्बोका गतिविधि उदाहरणीय बन्दै आएको चर्चा गर्दै अव शिक्षाको क्षेत्रमा पनि नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने जनाउनुभयो।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले महामारीलाई अवसरका रुपमा सिर्जना गरी संस्थाले कार्य गरिरहेको स्पष्ट पार्नुभयो ।माछापुच्छे माविका प्रधानाध्यापक सन्तोष आचार्यले शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक पनि लाभान्वित भएको उल्लेख गर्नुभयो ।

उक्त शिविरबाट कुल तिन सय १७ जना लाभान्वित भएका छन् । शिविरमा डेन्टल सर्जन डा. केसीको नेतृत्वमा डेन्टल हाइजेनिष्टद्वय स्नेहा खड्का र सुम्मी बुढामगर, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी, क्लिनिकल सर्पोटर विजय बलम्पाक्की मगर, प्राविधिक रवि गुरुङ लगायत खटिनु भएको थियो ।

Leave a Reply