पाेखराका ३ जनाले पाउने भए अामाकाे नामवाट नागरिकता

३२ श्रावण २०७८, सोमबार

 

पाेखरा।पाेखराका ३ जनाले अामाकाे नामबाट वंशजकाे नागरिकता पाउने भएका छन्।नागरिकता पाउनेमा पाेखरा १६ का अनीश गुरुङ र पाेखरा १६ कै सन्दिप विक र सविन विक रहेका छन्।

 

अनिशले अामा अाेममाया गुरुङकाे नामबाट बंशजकाे नागरिकता पाउने भएका हुन् भने सन्दिप र सविनले अामा चिनुमाया सुनारको नामबाट बंशजकै नागरिकता पाउने भएका हुन्।
यसअघि  अदालतसम्म धाएर न्याय मागेका उनीहरुले दायर गरेको रिटमा उच्च अदालत पोखराले अनीश, सन्दीप र सविनलाई उनीहरुको आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेपछि जिल्ला प्रशासन कार्यालय कास्कीबाट उनीहरुका लागि नागरिकताको प्रक्रिया अगाडि बढेको छ ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता नपाएपछि प्रशासनलाई विपक्षी बनाएर उच्च अदालत पोखरामा २०७७ चैत २३ गते रिट दायर गरेका थिए । न्यायाधीशद्वय ऋषिराम भण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७८ साउन २० गते जिल्ला प्रशासन कार्यालय कास्कीका नाममा परमादेश जारी गर्दै आमाको नामबाट नागरिकता दिन आदेश गरेको थियो ।
कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा छ ।

Leave a Reply