कानुन पत्रकार समाजकाे अध्यक्षमा लामिछाने

२ भाद्र २०७८, बुधबार

नेपाल कानुन पत्रकार समाजकाे अध्यक्षमा अधिवक्ता गीता कुमारी लामिछाने निर्विराेध निर्वाचित भएकी छन ।

मंगलबार पाेखरामा सम्पन्न समाजकाे तेस्राे वार्षिक साधारण सभा तथा पहिलाे अधिवेशनबाट लामिछानेकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विराेध निर्वाचित भएकाे हाे ।

कार्यसमितिकाे उपाध्यक्षमा अधिवक्ता याम प्रसाद पाैडेल, सचिबमा अधिवक्ता इश्वरी पाैडेल, सहसचिबमा अधिवक्ता प्रदिप अधिकारी, काेषाध्यक्षमा अधिवक्ता भुपराज पाेख्रेल र सदस्यहरूमा विजय नेपाल, विष्णु प्रसाद अधिकारी निर्वाचित भएका छन भने २ जना सदस्य पछि मनाेनित गरिनेछ ।

त्यस्तै, निर्वाचन पश्चात बसेकाे कार्यसमितिकाे पहिलाे बैठकले अधिवक्ता शालिग्राम भट्टराई, समाजका निवर्तमान सचिब अधिवक्ता केशव वराल र नेपाल  पत्रकार महासंघकी केन्द्रिय सदस्य   सरिता तिम्सेना पंगेनीलाई सल्लाहकारमा मनाेनित गरेकाे छ ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि शान्तिका लागि नागरिक समाजकाे सञ्जाल कास्कीका संयाेजक विष्णु प्रसाद वरालले समाजमा कानुन र संचारकाे महत्वका वारेमा दर्शाए । उनले कानुनमा लेखिएका कुरा व्यबहारमा कार्यन्वयन नहुदा आम जनताले कानुनको स्वामित्व ग्रहण गर्न नसकेकाे अवस्थामा संविधानले दिएकाे माैलिक हकलाई जनताका सामु पुर्याइ कानुन र जनताका बीच पुलकाे काम गर्न कानुन पत्रकार समाजलाई अाग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सेना पंगेनीले कानुनका किताबमा मात्र अधिकारका कुरा लेखेर जनता अधिकार सम्पन्न नहुने बताउदै जनतामा कानुनी सचेतनाकाे पनि अावश्यकता रहेकाे बताइन ।

समाजका अध्यक्ष अधिवक्ता विष्णु प्रसाद अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल वार एशाेसियसनका केन्द्रिय सदस्य कल्पना भण्डारी, अधिवक्ता लिलावल्लव नेउपाने, अधिवक्ता केशव वराल लगायतले बाेलेका थिए ।

 

Leave a Reply