मन्त्री थापाद्वारा तरूण दल पाेखरा ३३ लाई खेलकुद सामाग्री सहयाेग

५ भाद्र २०७८, शनिबार

पाेखरा  ।  गण्डकी प्रदेशका कानुन,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री  बिन्दु कुमार थापाले  शनिबार एक कार्यक्रमको आयोजना गरी तरूण दल पाेखरा ३३ लाई खेलकुद सामाग्री सहयाेग गर्नुभएकाे  छ ।

कार्यक्रममा बाेल्दै मन्त्री थापाले  खेलकुदले  समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समाजको निर्माण गर्न   महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो  ।  उहाँले मादक पदार्थ सेवन, धुम्रपान, लागुऔषध जस्ता कुलतमा लागेका युवा पुस्तालाई समाजको मूलाधारामा ल्याउन खेलकूद एउटा राम्रो माध्यम हुने बताउनु भयो  ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि श्री केशर प्रसाद निर्दाेषी , नेपाली काङ्ग्रेस पाेखरा ३३ का सभापति रामचन्द्र पाैडेल , सह- सभापति दिनेश अाचार्य , पुर्व  सभापति भाेजराज अाचार्य , नगर सभापति कृष्णप्रसाद अधिकारी , नगर सदस्य लालु पराजुली लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 

Leave a Reply