सिटी वान टेलिभिजनको परीक्षण प्रसारण सुरु

१४ भाद्र २०७८, सोमबार

पोखरा । सिटी वान टेलिभीजन आजदेखि परीक्षण प्रसारण सुरु भएको छ । “समाचार र मनोरञ्जनका लागी सिटी वान” भन्ने नारा सहित परिक्षण प्रसारण सुरु भएको हो । स्टार नेपाल मिडिया हव प्रा.लि द्वारा संचालनमा आएको यो टेलिभिजनको प्रसारण क्लियर टिभीको च्यानल नम्वर ९६३ तथा सामाजिक संजाल युट्युव, फेसवुक पेज मार्फत हेर्न सकिन्छ । टेलिभिजनको स्टुडियोमा आज एक कार्यक्रमको आयोजना गरी प्रा.लिका अध्यक्ष पवन प्रजापतीले परीक्षण प्रशारणको शुरुवात गर्नुभयो ।
सो अवसरमा प्रजापतिले टेलिभिजन गण्डकी प्रदेशका सवै नागरिक तथा दर्शकहरुको आवाज वोल्ने भन्दै संचारको वदलिँदो प्रविधिलार्ई टेलिभिजनले आत्मसात गर्ने बताउनुभयो ।
टेलिभिजनले आगामी असोजबाट नियमित प्रसारण गर्ने प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिनुभयो । पोखराको नयाँ वजारमा प्रधान कार्यालय रहको टेलिभिजनले सूचना मनोरञ्जन लगायत अन्य क्षेत्रमा पर्दा पछाडी रहेका विषय वस्तुहरुलाई दर्शक माझ आफ्ना कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ ।

Leave a Reply