पत्रकारमाथिको आक्रमणको प्रेस युनियन कास्कीको निन्दा

२९ भाद्र २०७८, मंगलवार

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य रञ्जन अधिकारी, र नेपाल प्रेस युनियन कास्कीका सदस्य समेत रहेका पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि भएको हातपात तथा दुव्यर्वहारको घटनाप्रति नेपाल प्रेस युनियन कास्कीले घोर भत्र्सना गरेको छ ।

प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जागिर लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा हालै पक्राउ परेका कृष्ण पौडेलको विषयमा समाचार संकलनका लागि पुगेका पत्रकार अधिकारीले फोटो/भिडियो खिचिरहेको अवस्थामा पोखरा-७ मासबारका युवराज लामा र पोखरा-२७ तालचोकका नवराज शर्माले उल्टै पत्रकारमाथि आक्रोश पोख्दै फोटो/भिडियो डिलिट गर्न लगाई मोबाइल खोसेर हातपात गरेको घटनाको युनियनले निन्दा एवं भत्र्सना गरेको छ ।
साथै जिल्ला प्रहरी कार्यालय कास्की गेट नजिकै पत्रकारमाथि भएका यसप्रकारको घटनाको युनियन कास्कीले घोर भत्र्सना गर्दै आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ । समाचार संकलनका क्रममा हुने सम्भावित यसप्रकारका आक्रमणका गतिविधि तत्काल बन्द गर्न समेत माग गरिएको छ ।

Leave a Reply