नेपाली काग्रेंसका नेता किशोरदत्त बरालद्वारा लिखित काग्रेंसको रुपान्तरणका सुत्रहरु (भाग- १) को लोकार्पण

२९ भाद्र २०७८, मंगलवार

 

 

पोखरा ।नेपाली काग्रेंसका नेता किशोरदत्त बरालद्वारा लिखित पुस्तक नेपाली काग्रेंसको रुपान्तरणका सुत्रहरु (भाग- १) को लोकार्पण गरिएको छ । नेपाली लेखक सङ कास्कीको आयोजनामा मगंलबार पोखरामा एक कार्यक्रमकाबीच पुर्व सभामुख डा तारानाथ रानाभाटले पुस्तक लोकार्पण गर्नुभएको हो ।

पूर्व मन्त्री समेत रहेका नेता रानाभाटले नेताबाटै लोकतन्त्रमाथि खतरा भएको र जनता नेताको अन्धभक्त भए लोकतन्त्रका लागि दुर्भाग्य हुने बताउँदै उक्त पुस्तक मार्फत लेखकले लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि पार्टीलाई अझै लोकतान्त्रीकरण गर्ने सन्देश दिन खोजेको बताउनुभयो । लामो समयदेखि राजनितीमा सक्रिय लेखक बरालले नेपाली राजनितीमा देखिएका अनुसाशनहिनता, स्खलन र नैतिकतामा भएका ह्रासहरुले पार्टीलाई कमजोर बनाउँदै गएको वर्तमान अवस्थामा पार्टी शुद्धिकरण र मजवुत बनाउने उद्यश्यले पुस्तक लेखेको बताउनुभयो । पपछिल्लो राजनिती घटनाक्रमलाई सुधार्न नेपाली राजनीति र समाजमा एउटा छुट्टै बहसको आवश्यकता रहेको उहाको भनाइ छ ।

कार्यक्रममा पुस्तकको टिप्पणी गर्दै नेपाली कांग्रेसका नेता देवराज चालिसेले पुस्तकको बारेमा टिप्पणी गर्दै नेपाली काङ्रेसको मूल्य र मान्यता सहितको लक्ष्य , पार्टीको राम्रा र नराम्रा पक्षलाई केलाएर लेखिएको उक्त पुस्तक मार्फत पार्टी सुदृढीकरण गर्ने बारेमा लेखक केन्द्रित रहेको उहाले बताउनु भयो । ब्यबहारिक ज्ञान र पार्टीको यथार्त चित्रन सहित १ सय ३ पृस्ठमा लेखिएको सो पुस्तकमा पार्टीको पारदर्शीताको प्रस्न उठाइएको छ ।

कमजोर पार्टीको बलियो नेता भए तानाशाह जन्मने भएकाले यसमा कार्यकर्ता पनि चनाखो हुनुपर्ने, बिपिले देखेको समाजबाद ब्यवहारमा लागु हुन नसक्नु, पार्टीको १४ औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली जस्ता पार्टीभित्र देखिएका गलत विषयबस्तुलाई पुस्तकमा उठान गरिएको छ ।

पुस्तकाको समिक्षा गर्दै प्राडा यादव शर्मा पौडेल, सम्विधान सभा सदस्य सारदा पौडेल, कागं्रेस कास्की सभापति कृष्ण केसी लगायतले पुस्तक मार्फत काङ्रेस कार्यकर्तालाइ उर्जाशिल बनाउन र नयाँ पुस्ताको भबिस्य उज्जल हुने सन्देश दिन खोजिएको भन्दै सबै कार्यकर्तालाई एकपटक पुस्तक आग्रह समेत गर्नुभयो ।

सजिंब पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सघंका सचिव एवं पत्रकार कमल पौडेल अथकले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य निवर्तमान अध्यक्ष गोपाल शर्माले गर्नुभएको थियो ।

 

Leave a Reply