प्रगती आमा समुहको चौथौं साधारण सभा सम्पन्न

३ आश्विन २०७८, आईतवार

पोखरा  । पोखरा महानगरपालिका वडा नं. ८ स्थित प्रगती आमा समुहको चौथौं साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै पोखरा वडा नं. ८ का वडा सदस्य कृष्णमान ठुसाजुले छोटो समयमै आमा समुहले वडा भित्रका आमा दिदि बहिनीलाई एकिकृत गराएर विभिन्न सामाजिक कार्यमा सर्मपित भएकोमा प्रशंसा गर्नुभयो । उहाँले वडा नं.८ भित्र बहुउद्देशिय सामुदायिक भवन निर्माण गर्न वडा कार्यालय हुदै पोखरा महानगर पालिकामा पनि पहल गर्ने बताउनु भयो । पोखरा वडा नं. ८ लाई उज्यालो वडा बनाउने अभियान अन्र्तगत यो वर्ष १२ लाख बजेट छुटाएको अवगत गराउदै वडा र जनसमुदायको ७०÷३० प्रतिशतको लागत साझेदारीमा उक्त कार्य अगि बढाउने बताउनु भयो ।

उहाँले आमा समुहले गरेको कार्यलाई हौसला प्रदान गर्न समुहको अक्षयकोषका लागि १० हजार व्यक्तिगत सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा नं ८ का वडा सदस्य पुष्पराज सिग्देल , लिटिल स्टेप मा. वि.का सस्थापक शेर बहादुर गुरुङ , प्रतिभा मार्ग टोल विकास सस्थाका अध्यक्ष बसन्त चालिसे लगाएतले शुभकामना मन्तव्य दिनु भयो ।

कार्यक्रममा आमा समुहका हरेक कार्यमा सक्रिय सहभागी जनाउने सदस्यहरु , सल्लाहाकार एवम् जेष्ठ नागरिकलाई सम्मान र समुहमा नव प्रवेशी सदस्यलाई स्वागत गरिएको थियो । प्रगती आमा समुहका अध्यक्ष गौरी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत समुहकी उपाध्यक्ष जानुका चालिसे र संचालन सचिब दुर्गा सिग्देलले गर्न भयो ।

Leave a Reply