डागर स्मृति प्रतिष्ठानद्वारा खाद्यान्न सहयोग

0
261
पोखरा ।  डागर स्मृति प्रतिष्ठानले विपन्न बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत पोखरा १७ बिरौटामा महानगरद्वारा संरक्षित बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गतका विपन्न विद्यार्थीलाई २५ हजार तीन सय बराबरको खाद्यान्न सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रमका लागि प्रतिष्ठानका सदस्य आभा जोशीबाट पाँच हजार पाँच सय, संस्थापक अध्यक्ष हिरा बास्तोलाबाट चार हजार पाँच सय, संस्थाका वर्तमान अध्यक्ष बिन्दु श्रेष्ठबाट तीन हजार पाँच सय, संस्थापक कोषाध्यक्ष पुष्पाकुमारी आचार्यबाट तीन हजार, सदस्य, समाजसेवी चन्द्रा गुरुङज्यूबाट दुई हजार र प्रतिष्ठानका सदस्य शान्ति श्रेष्ठबाट एक हजार स्वेच्छिक सहयोग प्राप्त भएको थियो । अन्य रकम प्रतिष्ठानकाका संरक्षक रमा पराशरबाट गरी उक्त रकम बराबरको खाद्यान्न हस्तान्तरण गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष हिरादेवी बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक प्रेमनारायण पानी पोखरेल, प्रतिष्ठानका कोषाध्यक्ष पुष्पा आचार्य,असफल गौतमलगायतले बोलेका थिए ।