पोखरा। नेपाल पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ कास्की शाखाको सयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएको धारणा राखे । अनुसन्धनात्मक पत्रकारिताका लागि महासंघले छुट्टै योजना बनाएर अगाडि बढ्ने उनले बताए । पत्रकारको पेशागत अधिकार र हकहितका विषयमा पार्टीको पछि नलागी समान धारणा हुुनुपर्नेमा उपाध्यक्ष विष्टले जोड दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारका क्षमता अभिवृद्धिका लागि तालिम, अभिमुखीकरण जस्ता कार्यक्रमहरु आवश्यक रहेको धारणा राखिन् ।
प्रशिक्षक जगत नेपालले आचारसंहिता भित्र रहेर पत्रकारिता गर्न सुझाव दिए । उत्तरदायी पत्रकारिता पछिल्ला समय चुनौतीको विषय भएकाले सवै सम्बन्धीत निकाय चनाखो हुन आवश्यक रहेको तर्क राखे ।
प्रशिक्षक हिरण्य जोशीले पछ्रिल्लो समय पत्रकारिता छाडा हुँदै गएकाले यसतर्फ सम्बन्धीत निकायको ध्यान जानुपर्ने बताए । ४५ जिल्लामा गरिएको सार्वजनिक सुनुवाईमा मिडिया माथि नागरिकको विश्वास गुम्दै गएको पाईएकाले सजग हुनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्ले ,महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा ,कास्की शाखाका पुर्व अध्यक्ष नारायण कार्की लगायतले वाेलेका थिए।
पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन सहसचिव रेम विकले गरेका थिए।