नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अन्नपूर्ण गाउँपालिका कास्कीको नेतृत्व सर्वसम्मत

८ आश्विन २०७८, शुक्रबार

पाेखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अन्नपूर्ण गाउँपालिका कास्कीको नेतृत्व सर्वसम्मत चयन भएको छ । अन्नपूर्णका वडातहको अधिवेशन सम्पन्न भएसंगै गाउँपालिकाले पालिकाको नेतृत्व पनि सर्वसम्मत चयन गरेर अन्य ठाउँमा पनि सर्वसम्मत नेतृत्व चयनगर्नका लागि सन्देश दिएको छ ।

संभवत गण्डकी प्रदेश अन्तर्गतका ११ ज़िल्ला मध्ये मनाङ वाहेक अन्य ज़िल्ला भित्रका पालिकाकोअधिवेशनका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने पहिलाे पालिका कास्कीकाे अन्नपुर्ण गाउंपालिका भएको महाधिवेशन प्रतिनिधि एबं कांग्रेस केन्द्रिय प्रचार बिभाग सदस्य राज बहादुर गुरुङले जानकारी दिएका छन् । आवश्यकताभन्दा बढिले उम्मेदवारी दिने अवस्था देखिएपछि अन्नपुर्ण गाउंपालिका बाट क्षेत्र,जिल्ला, महाधिवेशन, महासमितीमा प्रतिनिधित्व गर्ने नेताहरुकाे सकृयतामा सबै पदहरु निर्विरोध भएकाे समाचार प्राप्त भएकाे छ । नवनिर्वाचित समितिकाे आधिकारिक घोषणा भने शनिबार हुने निर्वाचन अधिकृत प्रकाश शर्माले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकामा पार्टीको आगामी नेतृत्वका लागि मनपति भण्डारी नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । भण्डारी यसअघि पनि नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति रहेका थिए । समितिको उपसभापतिमा ढिकुरपाेखरीका शुशील भट्टचन र दाङसिङका गौमाया नेपाली, सचिवमा ढिकुरपाेखरीका कृष्ण प्रसाद सुबेदी र अर्काे सचिवमा सल्यानका शहिद कृष्ण बहादुर गुरुङका छाेरा विजय गुरूङ तथा सहसचिवमा घान्द्रुकका धुर्व घले र भिचुकका मुक्ति गुरूङ निर्विरोध निर्वाचित भएका छन् । यसअघि अन्नपूर्ण गाउँपालिका अन्तरगतका वडा कार्यसमितिको नेतृत्व पनि सर्वसम्मत चयन भएको थियो ।

जस अनुसार वडा नं १ काे सभापतिमा वलबहादुर कुँवर, वडा नं २ को सभापतिमा पिताम्बर भण्डारी, वडा नं ३ को सभापतिमा डिल्लीराम पौडेल, वडा नं ४ कोसभापतिमा मानबहादुर केसी, वडा नं– ५ को सभापतिमा नरहरी पौडेल चयन भएका थिए । त्यसै गरी ६ को सभापतिमा कृष्णप्रसाद देवकोटा, ७ मा चित्रबहादुर गुरूङ (लेकाली) ८ मा टेकबहादुर गुरूङ, ९ मा नजरमान गुरूङ, १० मा शिव गुरुङ र ११ मा विशाल गुरूङ निर्वाचित भईसकका छन ।

कांग्रेसकाे निर्वाचन तालिका अनुसार असाेज ९ गाउं/ नगर पालिका, असाेज १२ मा प्रदेश निर्वाचन क्षेत्र, १५ गते क्षेत्रिय समिति र १८ गते जिल्ला अधिवेशन ताेकिएकाे भएतापनि अर्काे सुचना नभए सम्मका लागि प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन स्थगित भएकाे छ ।

Leave a Reply