रुपा-पोखरा सम्पर्क समाजको शुभकामना आदान- प्रदान कार्यक्रम

२६ आश्विन २०७८, मंगलवार

 

पोखरा  ।  रुपा-पोखरा सम्पर्क समाजले दसैं , तिहार, नेपाल सम्वत, तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान -प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

शुभकामना अादान प्रदान कार्यक्रममा वाेल्दै गण्डकी प्रदेश सभा सदस्य दिपक काेईरालाले चाडपर्वले अापसी मेलमिलाप र समाजमा सद्भाव सृजना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने वताउनु भयाे।

पछिल्लो समय विकास गाउँ तिर ,मान्छे शहर तिर झर्ने क्रम बढेको भन्दै गाउँलाई उत्पादनसंग जाेड्न सके मात्रै गाउँमा गरिएको विकास निर्माणले सार्थकता पाउने उहाँको भनाइ थियाे।

विकास निर्माणका कामलाई अायाेजनामा अाधारित वनाएर काम गर्नु पर्ने उल्लेख गर्दै उहाले तीन तहको सरकारका प्राथमिकता फरकफरक भईदिदा साेचेअनुरुपकाे विकास गर्न कठिनाइ समेत हुने गरेको अनुभव सुनाउनु भयाे ।रुपाकाे समग्र विकासका अाफु सधैं प्रतिवद्द रहेको उहाँको भनाइ थियो ।

संविधानसभा सदस्य कृष्ण बहादुर गुरुङले रुपा गाउँपालिकामा पर्यटन र कृषि उद्योगकाे प्रचुर सम्भावना रहेको वताउनु भयाे।युवालाई गाउँमा बस्ने वातावरण सृजना गर्न कृषि तथा पर्यटन सम्वन्धी तालिमकाे खाँचो रहेको उहाँको भनाइ थियोे ।

समाजका अध्यक्ष खेम बहादुर गुरुङले काेभिडकाे समयमा समाज द्वारा संचालित एम्बुलेन्सकाे नियमित सेवाले धेरैजनाको ज्यान वचाउन सफल भएको बताउनु भयाे।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची,संस्थाका सल्लाहकार डा. प्रेम पगेनी,डा. बुद्धि बहादुर थापा लगायतले सम्पर्क समाजले रुपामा स्वास्थ र सचेतता मुलक कार्यक्रम गर्नुपर्नेमा जाेड दिनु भयाे।

 

समाजका अध्यक्ष खेमबहादुर गुरुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष सरिता तिम्सिना पगेनीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियाे भने कार्यक्रमकाे संचालन सचिव अानन्द सुवेदीले गर्नु भएको थियाे।

कार्यक्रममा समाजका सल्लाहकार, समाजका पदाधिकारी तथा कार्यसमिति सदस्य,  आजीवन सदस्य लगायतको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply