पोखरा । राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थ्ति बिरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्र्तिक १९ गते अनाबरण गरिने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
साढे पाँच लाखको लागतमा निर्माण गरिएको सालिकको पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अनावरण गर्ने पार्क निर्माण समितिका अध्यक्ष बसन्त कतिलाले जानकारी दिए । सो अबसरमा संस्थाले प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिने छ ।
पवित्र धार्मिक स्थल नारायण स्थान संगै रहेको पार्कलाई पनि धार्मिकसंगै पर्यटकिय स्थलको रुपमा विकाश गर्न शालिक स्थापना गरिएको अध्यक्ष कतिलाले जानकारी दिए । करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कलाई ठोस गुरुयोजना बनाएर अझ व्यबस्थित बनाउने समितिको योजना रहेको उनले बताए ।
राजा राघवदेवको पालामा साख्वाले गरिबहरुको ऋण मोचन गरि दासत्वबाट मुक्ति दिलाएको अवसरमा राजाबाट नेपाल संवत चलाइएको रहेको धारणा छ । साख्वालाई सरकारले २०५६ साल मसिंर ३ मा राष्ट्रिय बिभूति घोषणा गरेको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.