सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’

१४ कार्तिक २०७८, आईतवार

पोखरा । ‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ ।
मुक्तकको उत्थान र विकासमा क्रियाशिल मुक्तक मन्च केन्द्रिय समिती पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजित कार्यक्रममा सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरेको हो । मुक्तकसागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी थिइन् ।
सम्मानित स्रष्टा तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्तले मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको उल्लेख गरे । प्राज्ञ सरुभक्तले मुक्तकको उन्नयन र विकासमा मुक्तकसागर साहित्यिक त्रैमासिक पत्रिकाले निरन्तर खेलेको भूमिकाको चर्चा गरे ।

सो अवसरमा पोखरेली कवि रमेश श्रेष्ठले सम्मानित व्यक्तित्व सरुभक्तको मुक्तक र साहित्यिक योगदानबारे प्रकाश पारेका थिए । कार्यक्रममा पोखरा महानगर प्राज्ञ सरसस्वी श्रेष्ठ सरु र मञ्चका सल्लहाकार तथा साहित्यकार दीपक समिपले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मुक्तक विमर्श तथा स्रष्टा सम्मान कार्यक्रममा अल्पविराम, वसन्त गौतम, ईश्वरमणी अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समिप, रुपिन्द्र प्रभावी, शितल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुबेदी, सरोज पौडेल, अमृता पोखरेल, शंकर ज्ञावली लगाएत पोखरेली दर्जन बढि मुक्तककारले आफ्ना रोज्जा मुक्तक सुनाए ।
कार्यक्रमको अध्यक्षता संयुक्त रुपमा मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य र सम्पादक निशा केसीले गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी प्रकाश अधिकारीले गरेका थिए ।

Leave a Reply