कार्यपालिका बैंठकले गरेको निर्णय फेरबदल भएको भन्दै काँग्रेस वडाध्यक्षको आपत्ती

१४ कार्तिक २०७८, आईतवार

पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिकामा निर्वाचित ११ जना वडाध्यक्षले कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँदा फेरबदल हुने गरेकोप्रति आपत्ती जनाउनु भएको छ ।

वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक(नेपाली काँग्रेस) पोखरा महानगरपालिकाका रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ती जनाउनु भएको हो ।

विज्ञप्तिमा कार्यपालिकाको ५२ औं बैठकमा आफूहरु उपस्थित भएपनि हस्ताक्षर नगरेको स्पष्ट पारिएको छ ।

सो बैठकसँगै यस अघिका बैठकमा भएका निर्णयहरु पनि फेरबदल भएर आएको भन्दै आपत्ती जनाइएको छ ।

विज्ञप्तिमा बैंठकबाट निर्णय भई बनेका समितिहरुमा पनि आफूहरुको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।

त्यस्तै, विज्ञप्तिमा नवौं नगरसभामा भएका निर्णयहरु महानगरपालिकाका प्रमुखबाट हालसम्म पनि प्रमाणिकरण नभएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।

साथै महानगरपालिकाको नवौं नगरसभाको समयमा २०७८ असार १० गते विहान ८ बजे प्रमुखको उपस्थितिमा बसेको बैंठकले कर्मचारीको विषयमा भएका सहमति तुरुन्त कार्यान्वयन गर्न माग गरिएको छ ।

Leave a Reply