कांग्रेस कास्की क्षेत्र नं ३ को सभापतिमा मनोज गुरूङको उम्मेदवारी

४ मंसिर २०७८, शनिबार

कास्की  ।   नेपाली कांग्रेस कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को सभापतिमा मनोज गुरूङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । नेपाल तरुण दल कास्कीका अध्यक्ष समेत रहेका गुरूङले आज एक समारोहका विच क्षेत्र नं ३ को सभापतिमा उम्मेदवारी रहेको बताएका हुन । पाटीको १३ औं महाधिवेशनमा वर्तमान क्षेत्रिय सभापति पोषनाथ शर्मासँग झिनो मतान्तरले पराजित गुरूङले पुन: १४ औं महाधिवेशनमा पनि क्षेत्रिय सभापतिमा उमेदवारी प्रस्तुत गरेका हुन । युवाहरू माझ लोकप्रिय गुरूङले पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफूले क्षेत्रिय सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए ।

गुरूङले आफूले तरुण दलको अध्यक्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको हुदा पाटीको क्षेत्रिय सभापतिमा उम्मेदवारी दिने बताए । मेरो उम्मेदवारी व्यक्तिगत स्वार्थको लागि नभएर पार्टी हितको लागि हुनेछ । पार्टी भित्र रहेका विकृति विसंगति हटाई मुल्य मान्यता र आदर्शको राजनीति स्थापित गर्न मैले उम्मेदवारी दिने हो । उम्मेदवारी मात्र दिने होइन सबैको साथ सहयोगका साथ चुनाव जित्ने पनि गुरूङको बिश्वाश छ। पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तन गराउन क्रियाशील रहने भन्दै उनले सभापतिमा आफूलाई जिताउन आग्रह समेत गरेका छन ।

संगठन निर्माणसँगै कार्यकर्तालाई एकजुट भएर क्रियाशील गराउन आफूले भूमिका निर्वाह गर्ने उनको भनाइ छ । मलाई पूर्ण विश्वास छ कि म माथी सबैको विश्वास छ । नयाँ पुराना सबै पुस्ताले म माथी विश्वास गर्नु हुन्छ । नेपाली काँग्रेसका कार्यकर्तालाई काम र सम्मान चाहिएको छ । जुन अहिले छैन । नेता तथा कार्यकर्ता बीचको दुरी बढ्नुको कारण पनि त्यहीं हो । पार्टी कार्यकर्ताको सही पहिचान, कामको मुल्यांकन र व्यवस्थापनलाई सही ढंगले समन्वय गर्न सक्यो भने पार्टी पुनः मजबुतिका साथ अगाडी बढ्ने छ र यसको लागि सबैले मलाई सहयोग र समर्थन गर्नु हुन्छ भन्नेमा म पूर्ण विश्वस्त रहेको छु ।

Leave a Reply